Breaking News

नाटकिय अपहरणको पर्दाफास ः अपहरित भनिएका चौरसिया प्रहरी फन्दामा

आरोहण शाह ,वीरगञ्ज १६ साउन÷अपहरणमा परेको मधवल निवासि २३ वर्षीय उपनेस चौरसीया आफनै अपहरणको झुठो हल्ला फैलाएको आरोपमा पक्राउ परेका छन ।

अपहरणमा परेको भनिएको पर्साको विन्दवासीनी गाउँपालिका वडा नम्बर ४ मधवलका २८ वर्षीय उपनेश चौरसीया पर्सा प्रहरीको सम्पर्कमा आएका छन । मङगलबार दिउँसो २ बजे तिर वीरगन्जको घण्टाघर चोकबाट मधवलका चौरसीयालाई उनकै गाउँका दुईजनाले मोटरसाइकलमा जबरजस्ती चढाएर भारतको रक्सौलतर्फ लिएर गएको परिवारजनले बताएका थिए । अपहरणमा परेको भनिएका चौरसीया, नेपाल तरुण दलको जिल्ला सदस्य पनि हुन् ।

चौरसीयालाई उनकै गाउँका उत्तम भन्ने निरंजन तिवारी र वर्ष २८ को एजाजुल मिया अंसारीले घण्टाघरबाट मोटरसाइकलमा चढाएर रक्सौलतर्फ लिएर गएको चौरसियाको आफन्तहरुले आरोप लगाएका थिऐ । यता अपहरणमा परेको भनिएको उपनिवेश चौरसीया अपहरणकारीको चुन्गल बाट भागेर बाच्न सफल भएको वडा अध्यक्ष अनुज चौरसियाले बताउनु भयो ।

बुधबार रातीको समयमा अपहरणकारी सुती रहेको अवस्थामा आफु भागेर नेपाल छिरेको वडा अध्यक्ष चौरसियाले बताऐ ।

यता जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेको भनि योजना बनाई सोही दिन सनुप दासलाई विरगंज पठाई उपनेश चौरसिया अपहरण भएको भनि हल्ला फैलाएको हुँदा दासलाई अनुसन्धानको क्रममा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात उपनेश चौरसियालाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाऐको छ ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।