Breaking News

काभ्रे र महोत्तरीमा थप २ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या २ सय ७८पुग्यो ।

पुष्कर खड्का काठमाडौं ३ जेठ।नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेपलाञ्‍चोकका २६ वर्षीय युवकलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ सय ७८ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यस अघि आज बिहान मात्रै बर्दिया, सिराहा, पर्सा, सर्लाही ,चितवनमा र कपिलवस्तु पनि ९ जना नयाँ संक्रमितको पुष्टि भएको थियो ।