शम्भु चौधरी लहान २६ माघ । पूर्णखोप सुरक्षित भविष्य भन्ने मुलनारा सहित एक दिने राष्ट्रिय खोप कार्यक्रम आईतबार सम्पन्न भएको हो । विधालय केन्द्रित एचपिभि खोप अभियान र पुर्णखोप सुनिश्चितता तथा दिगोपना वडा स्तरीय अभिमुखिकरण्म कार्यक्रम नवराजपुर गाउँपालिका ५ मा सम्पन्न भएको हो
अभिमुखिकरण कार्यक्रममा खास गरी महिलाहरुमा हुने पाठेघर मुखको क्यान्सरको बारेमा स्वास्थ्य चौकीका ईन्चार्ज दोरकिलाल कामैतले जनाकारी दिएका थिए । ईन्चार्ज कामैतका अनुसार यो एक किसिमको भाईरस हो । विश्व भरीमा यस्ता २ सय प्रजातीका भाईरसहरु पाईन्छ जस मध्ये नेपालमा १६ देखि १८ प्रकार भाईरस पाईन्छ । यो खास गरी यौन सम्पर्कको आधारमा सर्ने गर्दछन । यसबाट नेपालमा करिब प्रत्येक दिन ४ जना महिलाले ज्यान गुमाईरहेका तथांक रहेको बताए ।
विशेषगरी १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई समयमै खोप लगाउन सके पाठेघरको क्यान्सरको जोखिम अत्यन्तै न्यून गर्न सकिने विषयमा जोड दिइयो।
गाउँपालिका भरीमा विधालय भित्र र विधालय बाहिर गरी जम्मा १ सय ७६ जना बालिकाहरु रहेको छ । स्वास्थ्य शाखाका तथांक अनुासार १ सय ३६ जना विधालय जाने तथा ४० जना विधालय नजाने उल्लेख रहेको छ ।
त्यसैगरी वडा अध्यक्ष जय प्रकाश यादवका अनुसार महिला र बालिकाको स्वास्थ्य सुदृढीकरणमा एचपिभि खोप निर्णायक हुने बताउँदै भनिन्, “खोपबारे अझै पनि समुदायमा भ्रम र जानकारीको कमी छ। विद्यालय, महिला स्वास्थ्य स्वयंसेविका र अभिभावकबीच व्यापक सचेतना फैलाएर लक्षित सबै किशोरीसम्म खोप पुर्याउनु आजको आवश्यकता हो बताइन्। यस महान कार्यमा सबै सरोकारबालाहरुको अथक प्रयासको आवश्यकता देखिन्छ ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई आ–आफ्नो क्षेत्रबाट खोप अभियानलाई सफल बनाउन प्रतिबद्धता जनाउन आग्रह गरिएको थियो। माघदेखि अभियानकै रूपमा खोप सञ्चालन हुने भएकाले लक्षित समूहका किशोरीहरूलाई नजिकको माध्यमिक विद्यालय वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न स्वास्थ्य शाखाले अनुरोध गरेको छ।