• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 30, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सिरहामा एच.पी.भी. खोप अभियान अभिमुखीकरण सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 6, 2026  मा प्रकाशित

Spread the love
      

लहान २३ माघ । माघ २३ गते सदरमुकाम सिरहाको स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा एच. पि. भी. खोप दिने बारे बैठक बसेको थियो । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत एच.पि.भी. (ह्युमन प्यापिलोमा भाइरस) खोप सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरूका लागि अभिमुखीकरण बैठक आज जिल्ला समन्वय समिति (जि.स.स.) प्रमुखको कार्यकक्ष, सिरहामा सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय सिरहाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा खोप अभियानलाई प्रभावकारी र व्यापक बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।

बैठकमा एचपीभी खोपको आवश्यकता, यसले प्रदान गर्ने दीर्घकालीन स्वास्थ्य सुरक्षा, खोपको सुरक्षित प्रयोग, लक्षित समूह पहिचान तथा अभियान कार्यान्वयनका चरणहरूबारे प्राविधिक प्रस्तुति समेत गरिएको थियो।

स्वास्थ्यकर्मीहरूले एचपीभी भाइरसका कारण भविष्यमा हुन सक्ने गम्भीर रोगहरूको जोखिम कम गर्न यो खोप महत्वपूर्ण रहेको जानकारी गराएका थिए। विशेषगरी किशोरी लक्षित यस खोप अभियानले पाठेघरको मुखको क्यान्सरजस्ता रोगको जोखिम न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्या उने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रममा “खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित हुन्छ, खोपले जीवन रक्षा गर्छ, पूर्ण खोप सुरक्षित भविष्य” भन्ने मूल सन्देशलाई प्राथमिकताका साथ अघि सारिएको थियो।

सहभागी सञ्चारकर्मीहरूलाई अभियानका क्रममा सही सूचना प्रवाह, जनचेतना अभिवृद्धि तथा भ्रम निवारणमा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो। स्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले खोपसम्बन्धी अफवाह र गलत सूचनाले अभियान प्रभावित हुन सक्ने भएकाले तथ्यमा आधारित समाचार र सूचना सम्प्रेषण आवश्यक रहेको औंल्याए।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको अध्यक्षतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा जि.स.स. उप–प्रमुख दिलिप लामा सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी युगल किशोर यादव, प्रमुख जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सुरेन्द्र पौडेल, जि।स।सि अधिकारी शेर बहादुर भण्डारी, अमर नाथ साह लगायत विभिन्न सरकारी तथा सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अभिमुखीकरण क्रममा वक्ताहरूले एचपीभी खोपबारे समुदायमा अझै पर्याप्त जानकारी नपुगेको उल्लेख गर्दै स्थानीय तह, विद्यालय, अभिभावक समूह तथा सञ्चार माध्यमबीच समन्वय आवश्यक रहेको बताएका थिए।

विद्यालय तहबाटै सचेतना कार्यक्रम सञ्चालन गर्न सके खोप अभियानको पहुँच र प्रभावकारिता बढ्ने धारणा राखिएको थियो। साथै, खोप अभियानलाई सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय जनप्रतिनिधिको भूमिका पनि महत्वपूर्ण रहने उल्लेख गरियो।

कार्यक्रम समापन गर्दै अध्यक्ष महतोले एचपीभी खोप अभियान अत्यन्तै महत्वपूर्ण र समयसापेक्ष स्वास्थ्य कार्यक्रम भएको बताउनुभयो। उहाँले यस अभियानलाई सफल बनाउन व्यापक प्रचार–प्रसार अपरिहार्य रहेको उल्लेख गर्दै सबै निकायले समन्वयात्मक ढंगले काम गर्नुपर्नेमा जोड दिनुभयो।

“यो अभियान केवल स्वास्थ्य क्षेत्रको मात्र होइन, समाजकै भविष्यसँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो, “सही सूचना, सही समय र सही समूहसम्म पुर्यानउन सके अभियान प्रभावकारी बन्छ।”

उहाँले सञ्चारकर्मीहरूलाई जनस्तरसम्म विश्वासिलो सन्देश पुर्याउन आग्रह गर्दै सकारात्मक र तथ्यपरक समाचारले जनविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो। स्थानीय तहका संरचना र संयन्त्रलाई सक्रिय बनाएर घरदैलो स्तरसम्म जानकारी पुर्यावउनुपर्नेमा समेत जोड दिइयो ।

स्वास्थ्य कार्यालय सिरहाले एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क उपलब्ध रहेको स्पष्ट पार्दै लक्षित समूहका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ।

कार्यालयले अभियान अवधिभर आवश्यक प्राविधिक सहयोग, अनुगमन र समन्वयलाई निरन्तरता दिने जनाएको छ। अभियान सफल पार्न समुदाय, सञ्चार क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्षसहित कार्यक्रम सम्पन्न भएको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑