शम्भु चौधरी लहान, १९ कार्तिक । आर्थिक वर्ष २०८१।८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समिक्षा गोष्ठी आज सिरहामा सम्पन्न भएको छ । वर्ष भरीमा जिल्ला भरीका जनस्वास्थ्य कार्यालयहरुमा भएको गतिविधिलाई समिक्षा गर्ने यसको मुख्य उद्धेश्य रहेको थियो ।
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको आयोजनामा दुई दिने गोष्ठिमा जिल्ला भरीका १७ वटै स्थानिय तहका जनस्वास्थ्य अधिकृततहरुको उपस्थिती रहेको थियो । गोष्ठिमा सबै स्वास्थ्य प्रमुख आ आफना जनस्वास्थ्य कार्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।
गोष्ठि उदघाटन समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोको प्रमुख अतिथिमा रहेको थियो । प्रमुख अतिथि महतोका अनुसार स्वास्थ्य भनेको एकदमै समवेदनशिल विषय हो । यसलाई सम्यमतापुर्वक लागु गर्नु सबै स्वास्थ्यकर्मीहरुको दायित्व पनि हो । अहिले जिल्लामा विभिन्न किसिमका रोगहरु देखा परिहरेको छ । त्यसता रोगहरुलाई तुरुन्त पहिचान गरी निदान तर्फ लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह पनि गरे । महतोले थप्दै भने आजको कार्यक्रम एकदमै फलदायी छ किनकी यस कार्यक्रममा सम्पुर्ण स्थानिय तहको स्वास्थ्य विभागमा भए गरेका कार्यक्रम तथा क्रियाकलापहरु प्रस्तुत गरिने छ ।
कार्यक्रममा प्रादेशिक अस्पताल सिरहा, सागरमाथा चौधरी आँखा अस्पताल लहान लगायत ८ वटा निजि अस्पताल प्रमुखहरुको उपस्थित रहेको थियो ।
युनिसेफ,राष्ट्रिय कृषक समुह महासंघ,सबल नेपाल, पेन पल्स,केयर नेपाल,आसमा नेपाल,मुक्ति नेपाल तथा बागमति सेवा समाजको आर्थिक सहयोगमा गोष्ठि सम्पन्न भएको थियो ।