काठमाडौँ, ३२ असार । भारत भ्रमणमा रहेको पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतका विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका छन् ।
प्रचण्डले शनिबार जयसंकरसँग भेट गरेका थिए । भेटमा जयशंकरले भर्खरै नेपाल भ्रमणमा आएका चिनियाँ विदेश विभागका प्रमुख लिउले के के भने भन्ने सूचना मागेको बताइएको छ ।
स्रोतका अनुसार प्रचण्ड चीनको सूचना भारतलाई दिन नै भ्रमण गरेका बताइएको छ ।
‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भनेका छ, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । ’दैनिक नेपालबाट