देश बाहिर

रुसका प्रधानमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

messenger sharing button

Russian Prime Minister Mikhail Mishustin meets with acting members of the cabinet in Moscow on January 17, 2020. (Photo by Dmitry Astakhov / SPUTNIK / AFP) (Photo by DMITRY ASTAKHOV/SPUTNIK/AFP via Getty Images)

मस्काे, १९ वैशाख । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस (काेभिड १९) सङ्क्रमण पुष्टि भएको छ । भाइरसकाे सङ्क्रमण देखिएपछि अहिले उनलाई अस्पाल भर्ना गरिएको छ ।

आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।

रुसमा कोरोना सङ्क्रमितकाे सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

गएको जनवरी महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेका मिशुस्तिन कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सक्रिय भएर लागेका थिए ।दैनिक नेपाल्