लण्डन, ६ वैशाख । कोरोना भाइरसको महामारी विश्वमै फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै देशलाई आह्वान गरेको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेड्रोस एडहनामले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा प्रतिबन्ध लगाउन अपील गरेका हुन् ।
कोरोना भाइरसको महामारी चीनको उहानस्थित सिफुड बजारबाट भएको थियो । त्यही भएर पनि जीवजन्तुको मासुको व्यापारमा प्रतिबन्ध लगाउनुपर्ने उनको भनाई छ ।
‘बजार लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत हो’, उनले भने, ‘तर अधिकांश बजारमा स्वच्छताको कमी छ ।’
‘जनावर बिक्री हुने बजारलाई तबमात्र खोल्न अनुमति दिनुपर्छ’, उनले भने, ‘जब भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना हुन्छ ।’दैनिक नेपाल