काठमाडौँ, २९ चैत । भारतमा दुई साताका लागि लकडाउन थप गरिने बताइएको छ ।
शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँग गरेको भिडियो कन्फरेन्समार्फत दुई साता लकडाउन बढाउने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यम एनडी टिभीले जनाएका छ ।
भिडियो कन्फेरेन्समा कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै मुख्यमन्त्रीहरुले लकडउन थप गर्नुपर्ने राय दिएका थिए ।
पञ्जाब र ओडिशा र महाराष्ट्रले भने ३० अप्रिलसम्म लकडाउन बढाउने घोषणा गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरिबन्द केजरिवालले प्रधानमन्त्री मोदीले ३० अप्रिलसम्म देशभर लकडाउन गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री मोदीले जीवन भयो भने संसार देख्न सकिने भएकोले मुख्यमन्त्रीको सुझावप्रति सकारात्मक भएको बताएका थिए ।
भारतमा एकैपटक २१ दिनको लकडाउन गरिएको थियो । त्यसको अवधि अप्रील १४ मा सकिँदैछ । दैनिक नेपाल