देश बाहिर

नेपाल एयरलाइन्सले ल्यायो चीनबाट स्वास्थ्य सामग्री

२१ चैत, काठमाडौं । मेडिकल सामग्री लिन चीनको ग्वाङ्झाओ गएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौं आइपुगेको छ । नेपाल एयरलाइन्सको ए ३३० जहाज शुक्रबार बिहानपख करिब ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सो जहाजमा चौधरी फाउन्डेसन, नर्भिक लगायतका निजी अस्पतालका सामान रहेको बताइएको छ । तर, त्यसमा के कति सामान छन् भन्नेबारे अझै यकिन भएको छैन ।साभार : अन्लाईन खबर