विराटनगर ११ चैत । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रण कोष स्थापना गरेको छ ।
प्रदेश मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले १० करोड रुपैयाँको ‘कोरोना जनसुरक्षा कोष’ स्थापना गर्ने निर्णय गरेको हो । कोषमा सरकारले १० करोड रुपैयाँ जम्मा गरिसकेको छ ।
मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने, “कोषमा मुख्यमन्त्री, मन्त्रीहरू र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।”
सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘कोरोना इन्फर्मेसन डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ । सबै मन्त्रालयमा एक अधिकृतस्तरका कर्मचारीलाई कोरोना फोकल पर्सन राख्ने र सूचनाहरू उपलब्ध गराउने प्रबन्ध गरिएको छ ।बाह्र खरिबाट