• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विराटनगरमा १ अर्ब भन्दा बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न

नेपाल पोस्ट दैनिक
    February 24, 2020  मा प्रकाशित

Spread the love
      

विराटनगर १२ फाल्गुन ।  विराटनगरमा आयोजित विराट एक्स्पो २०७६ शनिबारबाट समापन भएको छ । लक्ष्यअनुसारको १ अर्ब बढीको कारोबार गर्दै एक्स्पो सम्पन्न भएको हो ।

गएको फागुन २ गतेदेखि सुरु भएको कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी शनिबारबाट समापन भएको हो । उद्योग संगठन मोरङको आयोजना र प्रदेश सरकारको प्रबद्र्धनमा आयोजित ९ दिने अन्तर्राष्ट्रिय प्रदर्शनीको अवधिमा लक्ष्यअनुसारको १ अर्बको कारोबार भएको आयोजकले जनाएको छ ।

एक्स्पोका संयोजक भोलेश्वर दुलालले प्रदर्शनी अवधिमा ३ लाख २५ हजार व्यक्तिले अवलोकन गरेको तथा १ अर्बको कारोबार भएको जानकारी गराए । उनले ऐतिहासिक रूपमा एक्स्पो सम्पन्न भएको बताउँदै एक्स्पोको सफलताले आफूहरू हौस्सिएको बताए । दुलालले आगामी दिन प्रदर्शनी स्थल निर्माण गरेर व्यापार मेलालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे । विराटनगर–२ स्थित शंकरपुरमा आयोजना गरिएको एक्स्पोमा ४ सय ६५ वटा स्टल राखिएका थिए ।

जसमध्ये बंगलादेश, भारत, श्रीलंका, पाकिस्तान र भुटानका ४५ वटा स्टलहरू थिए । एक्स्पोमा राखिएका सबै स्टलहरूमा सोचेभन्दा राम्रो व्यापार भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

उनले अपेक्षाभन्दा राम्रो व्यापार र उपलब्धि गर्दै यसपटकको एक्स्पो ऐतिहासिक रूपमा सम्पन्न भएको बताए । एक्स्पोका कारण उपभोक्ता उद्योगी र व्यापारी एकैठाउँ जुट्ने अवसर प्राप्त भएको पूर्वाञ्चल ल्युब आयलका कन्ट्री म्यानेजर पशुपति साहले बताए । उनले बेलाबखत व्यापार मेलालाई निरन्तरता दिन आग्रहसमेत गरे ।

एक्स्पो आयोजनामा २ करोड बढीको खर्च भएको आयोजक समितिले जनाएको छ । प्रदर्शनीमा अन्तर्राष्ट्रिय उद्योगका उत्पादनका साथै मेचीदेखि महाकालीसम्मका नेपाली उद्योगहरूले आफ्ना उत्पादन प्रबद्र्धन र बिक्रीका लागि ल्याएका थिए । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका थिए । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको थियो । एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको थियो ।

एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीले समेत अफर लिएर आएका थिए । उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् । एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताए । ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उनको भनाइ छ ।

बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् । एक्स्पोको अर्को आकर्षण हेलिकप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् । होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गर्दै आएको थियो । हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप थियो ।

एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका थिए । एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ ।

बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको थियो ।

जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको थियो । हेटौैंडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिए । उनले भने, “हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ । तर, यस्तो व्यवस्थित कतै पाइएन ।”

आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताए । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन ९ दिनसम्म चलेको थियो । कारोबारबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मोरङका सयौँ नेता तथा कार्यकर्ताले गरे रास्वपा पार्टी परित्याग
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑