• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 02, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

विराट एक्स्पोले चारदिनमै कमाइयो २० करोड रूपैयाँ

नेपाल पोस्ट दैनिक
    February 18, 2020  मा प्रकाशित

Spread the love
      

विराटनगर ०६ फाल्गुन । विराटनगरमा जारी विराट एक्स्पोमा चारदिनमै २० करोड रूपैयाँ बराबरको कारोबार भएको छ । एक्स्पोमा १ अर्ब रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–२ स्थित शंकरपुरमा जारी एक्स्पोलाई विविधता दिन पहाड, हिमाल र तराईका आन्तरिक उत्पादनसँगै अन्तर्राष्ट्रिय उत्पादनलाई पनि राखिएको छ ।

सोमबारसम्म २० करोड रूपैयाँको कारोबार भइसकेको संगठनका अध्यक्ष भीम घिमिरेजानकारी दिए । सबैजसो स्टलमा दर्शकको भीड देखिन्छ । बढी मात्रामा खाद्यन्न, लत्ताकपडा, अटोमाबाइल्स, जुत्ताचप्पल, प्लाष्टिकका भाँडाको कारोबार भएको घिमिरेको भनाइ छ । खानाका परिकारमा समेत दर्शकको चाप छ ।

‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ सुरु भएको एक्स्पोमा ३ सय ४० वटा स्टल छन् । जसमा भारत, बंगलादेश, भुटान र पाकिस्तानका ४० वटा स्टल छन् । एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारका योजनाका कारण दर्शकको भीड थामिनसक्नु भएको मूल आयोजक समितिका संयोजक भोलेश्वर दुलाल (भोला) बताउँछन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेका छन् । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरूमा पनि प्याकेजअनुसार अफर दिएको छ ।

एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको छ । मेलामा वस्तुअनुसार ५० प्रतिशतसम्म छुटमा बिक्री भइरहेको छ । एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीलेसमेत अफर लिएर आएका छन् । उनीहरूले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् ।

एक्स्पोको दैनिक २० हजार बढीले अवलोकन गर्ने गरेको आयोजक उद्योग संगठनका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले बताए । ३ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने उनको भनाइ छ । बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटेपिङ, मौतका कुवाका साथ सांगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् । एक्स्पोको अर्को आकर्षण हेलिकोप्टरबाट विराटनगर बजारको दृश्यावलोकन गर्ने धेरै छन् ।

होराइजन होलिडेले हेलिकोप्टरको व्यवस्थापन गरेको छ । उसले मेलाबाट पाथीभरा दर्शनको ५० हजार, हलेसी दर्शनको ४५ हजार र विराटनगर बजार दृश्यावलोनको ७ हजार ५ सय रूपैयाँमा सेवा प्रदान गर्दै आएको छ । हेलिकोप्टरबाट सेवा लिनेको भीड रहेको प्रचार समिति संयोजक नन्दकिशोर राठीले बताए । हेलिकप्टरबाट पाथिभरा र हलेसी जानेहरू चाप रहेको उनको भनाइ छ ।

एक्स्पोमा ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशका साथै सर्वसाधारणलाई ५० रूपैयाँ र विद्यार्थीलाई २५ रूपैयाँ प्रवेश शुल्कको व्यवस्था गरिएको छ । एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन, पोखराको पाउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, सप्तरीको पेडा, झापाको सुपारीका टपरी, इलामको ललिपप, भोजपुरको खुकुरीलगायतका आन्तरिक उत्पादन राखिएका छन् । एक्स्पोमा १ सय ५० किलोको अष्ट्रिज पनि राखिएको छ । बालबालिकालाई लक्षित गरी विभिन्न आकृति समावेश गरिएको छ । जहाँ सेल्फी खिच्नेको भीड लाग्ने गरेको छ ।

हेटौैंडाबाट अष्ट्रिज लिएर आएका असीम अधिकारीले विराट एक्स्पोजतिको व्यवस्थित कतै नपाएको प्रतिक्रिया दिए । उनले भने, “हालसम्म ५० वटाभन्दा बढी यस्ता महोत्सवहरूमा गएँ । तर, यस्तो व्यवस्थित कतै पाइन ।” आयोजकबाट समेत राम्रो सहयोग पाएको घिमिरले बताए । नोबेल मेडिकल कलेज मुख्य प्रायोजक रहेको मेला फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।कारोबारबाट

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मोरङका सयौँ नेता तथा कार्यकर्ताले गरे रास्वपा पार्टी परित्याग
  • सुखिपुर ८ महदेवाको समा चकेवा महोत्सव २०८२ को तयारी पुरा
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म आज देखि हातिदहमा प्रदर्शन
  • थारु संस्कृति झल्काउने ‘लैहरा’ फिल्म प्रदर्शन शुरु
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑