भोजपुर १ फालगुन । तन्नाको पिङ बनाएर खेल्ने क्रममा भोजपुरमा पासो लागेर एक बालिकाको ज्यान गएको छ । विहीबार टेम्केमैयुङ गाउँपालिका–७ बतासे बस्ने भाइराज राईकी ९ वर्षीया छोरी निशाना राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
पिङ बनाएर खेलिरहेको बेला अचानक बालिकाको घाँटीमा तन्ना बेरिएको र परिवारका सदस्य घरमा नभएकाले उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी पाण्डवराज राजवंशीले जानकारी दिए । राजधानीबाट