देश बाहिर

पत्रकारमाथि फेरि सांघातिक आक्रमण

दिनेश गौतम युरोप फे्रबुरी १२ तारिख । युरोपको पोर्चुगल देशको राजधानी लिस्बोनमा भएको कन्सर्ट कार्यक्रममा समाचार संकलन गर्न गएका पोर्चुगलका सक्रिय पत्रकार सविन धिताल माथि भएको सांघातिक आक्रमण प्रति नेपाल पत्रकार महासंघ,युरोप शाखाले खेद प्रकट गरेको छ ।

सोमबार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ, गैरआवासीय नेपाली संघ पोर्चुगलका कार्यवाहक अध्यक्ष भिमसेन थापाले पत्रकार सविन धिताल माथि गरेको सांघातिक आक्रमण जस्तो नीच कार्यप्रति खेद प्रकट गर्दै उनलाई अबिलम्ब बर्खास्त गरि कारबाही गर्नको लागी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अध्यक्ष कुमार पन्त, युरोप संयोजक नारायण आचार्य र पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई अनुरोध समेत गरिएको छ।

पत्रकार धितालले आफूविरुद्ध गलत सूचना दिएको भन्दै थापाले कार्यक्रममा नै धिताललाई हठ्ठी भाचिने गरि कुटपिट गरेका थिए। पीडित पत्रकार धितालले थापा विरुद्ध स्थानीय प्रहरीमा उजुरी दिएका छन्। स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढाएको बताइएको छ।आक्रमणकारी थापाले पत्रकार धिताललाई आफू विरुद्ध समाचार लेखे दुवै हात काटिदिने र जिन्दगी बर्बाद गरिदिने बरु जेल बस्ने धम्कीसमेत दिएको पत्रकार धितालले नेपाल पत्रकार महासघंलाई जानकारी दिए ।

धिताल भोइस अफ नेपाल टिभी र प्रोर्चुगलका पत्रकारहरूको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आबद्ध छन्। यता गैरअवसिय नेपाली सघं पोर्चुगलले पिडक थापालाई अहिले सम्म कारवाही नगरेको भन्दै सस्थागत रुपमा पिडितलाई न्याय दिलाउका खातिर पत्रकार महासघंले महासचिव योगेन्द्र मिलन छन्त्यालको संयोज्कत्वमा ३ सदस्यीय छानविन समिति गठन गरेको अध्यक्ष केजन राईले जानकारी दिएका छन ।

यसरी युरोपमा बसेर कलम चलाउनेहरु माथि नेपाली समुदाको हक हितको लागि खोलिएका सस्थाका पदाधिकारीहरुबाटै आक्रमण हुनु भनेको सारा नेपाली समुदायको बेईज्जत सरह भएकोले पिडकलाई यथासिघ्र कारवाही हुनुपर्ने युरोप भरिका पत्रकारहरुले माग गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।