देश बाहिर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आफना पत्नीसंग भारत आउँदै

२८ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प यही महिना भारत यात्रामा आउदैंछन् ।  भारतका प्रेस सचिवको तर्फबाट जारी वक्तव्यमा ट्रम्प २४–२५(फागुन १२–१३) फेब्रुअरीको दिन भारतमा हुनेछन् ।

अमेरिका राष्ट्रपतिसँग उनको पत्नी मेलानिया पनि हुनेछिन् । भारत यात्राको दौरान ट्रम्प दिल्ली र अहमदावादको भ्रमण गर्नेछन् ।  अमेरिकी सरकारको तर्फबाट जारी गरिएको बयानमा अघिल्लोहप्ता राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीबीच फोनमा कुराकानी भयो ।

भ्रमणको दौरान दुई देशका नेताले भारत र अमेरिकाको जनताबीच सम्बन्ध अभिवृद्धि गर्ने र दुवै देशबीच रणनीतिक साझेदारी थप बलियो बनाउने सहमति जनाउनेछन् ।रातोपाटिबाट

 

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।