देश बाहिर

सुलेमानीको अन्त्येष्टिमा भागदौड हुँदा ३० को मृत्यु

तेहरान २२ पुस । इरानी सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्येष्टिका क्रममा भएको भागदौडमा कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

अमेरिकी हवाई सैन्य कारबाहीमा बिहीबार इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु भएको थियो । उनको अन्त्येष्टिका लागि हजारौं इरानी जम्ममा भएका थिए ।

उक्त अन्त्येष्टि सभामा एक्कासि भागदौड मच्चिएको थियो । उक्त भागदौडमा ४० जनाभन्दा बढी घाइते भएको स्थानीय  सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनको मृत्युले अमेरिका र इरानबीच युद्ध हुनसक्ने त्रास फैलिएको छ । सुलेमानी इरानमा सर्वोच्च नेता खामेनीभन्दा पछि दोस्रो दर्जाका शक्तिशाली व्यक्ति हुन् । अमेरिकालाई सुलेमानीलाई एक आतंककारी र अमेरिकी सैन्य टुकुडीका लागि त्रासको रुपमा हेरिएको थियो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।