देश बाहिर

गृहमन्त्री थापा र साउदीका राजदूतबीच भेटवार्ता

काठमाडौं  ११ पुस । गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि साउदी अरेबियाका राजदूत मुसेद सलिमान एम अल मरवानले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–साउदी अरेबिया द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपाल र साउदी अरेबियाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै राजदूत मरवानेको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाईमा पुग्ने विश्वास व्यक्त गरे । उनले साउदी अरेबियामा ठुलो संख्यामा रोजगारीका लागि नेपालीहरु पुगेको तथा त्यहाँ कतिपय नेपालीहरु समस्यामा समेत पर्ने गरेको भन्दै उनीहरुको समस्या समाधानमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरे ।

नेपालबाट साउदी अरेबियामा हजका लागि जाने हाजिहरुको संख्या गतवर्ष तीनसय थप गरिदिएकोमा राजदूत मारवानेमार्फत गृहमन्त्री थापाले साउदी सरकारलाई धन्यवाद दिँदै सो संख्या अझ थप गर्न आग्रह गरे । भेटमा राजदूतले मारवानेले रोजगारीको सिलसिलामा हाल तीन लाखभन्दा बढी नेपाली साउदी अरेबियामा रहेको जानकारी दिँदै साउदीको विकासमा नेपालीहरुको विशेष योगदान रहेको चर्चा गरे ।
साउदीमा रहेको नेपालीहरुको समस्या समाधान गर्न आफुहरु गम्भिर रहेको समेत उनको भनाई छ । उनले नेपालबाट साउदीमा हजमा जानेहरुको संख्या बढाउन समेत आफुले पहल गर्ने बताए । रातोपाटिबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।