देश बाहिर

राष्ट्रपटि ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी औपचारिक अभियोगहरू सार्वजनिक

न्युयाेर्क, २५ मंसिर । अमेरिकी तल्लो सदनको न्यायिक समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी औपचारिक अभियोगहरू सार्वजनिक गरेको छ ।

राष्ट्रपटि ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै सुरु भएको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानमा यो महत्वपूर्ण कदम हो ।

तल्लो सदनमा डेमोक्र्याटहरुको अगुवाईमा ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धी विषयमा अनुसन्धान जारी छ ।

त्यस क्रममा संसदीय समितिले राजनीतिक, कूटनीतिक तथा सुरक्षा अधिकारी र सरकारी अधिकारीसँग सार्वजनिक रुपमा बयान लिएका थिए ।

ती सुनुवाईबाट आएका प्रमाणहरुलाई जुटाएर न्यायीक समितिले राष्ट्रपति ट्रम्पविरुद्ध औपचारिक रुपमा लगाइने अभियोगहरु सार्वजनिक गरेको हो ।

न्यायीक समितिले राष्ट्रपति ट्रम्प विरुद्ध दुई बुँदे अभियोगसहितका महाअभियोग प्रस्ताव तयार पारेको छ । समितिका प्रमुख जेरी नाड्लरले सार्वजनिक गरेको अभियोगमा राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको उल्लेख छ । अर्को आरोप उनीमाथि संसदलाई कार्यसम्पादनका लागि अवरोध सिर्जना गरेको भन्ने लगाइएको छ ।

सन् २०१६ मा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग प्रयोग गरेको आरोप छ ।दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।