देश बाहिर

बलात्कारी चार जनालाई प्रहरीले घटनास्थल लगेर गोली ठोक्यो

काठमाडौं, २० मंसिर । अनुसन्धानको क्रममा हिरासतमा रहेका चार जना बलात्कार आरोपीलाई भारतको हैदरावाद प्रहरीले घटनास्थलमा लगेर इन्काउन्टर गरेको छ ।

२७ नोभेम्बरमा एक भेटनरी डाक्टरको बलात्कार गरी चार युवकले शरीर जलाइदिएका थिए । घटनास्थलमा अपराधको सिन तयार पार्नका लागि प्रहरीले बलात्कार अभियोग लागेका चारै जनालाई शुक्रबार विहान लगेको थियो । तर आरोपी भाग्न खोजेपछि प्रहरीले गोली ठोकेको थियो । चारै जनाको मृत्यु भएको छ । घटनामा दुई प्रहरी घाइते भएको भारतीय मिडियाले जनाएका छन् ।

बलात्कारपछि शरीर जलाएर फालिएको घटना सार्वजनिक भएपछि भारतभर विरोध भएको थियो । प्रहरीको इन्काउन्टरको स्वागत गरिएको छ ।

घर फर्किरहेकी डाक्टर स्कुटर पन्चर भएपछि एउटा टोल प्लाजामा बसेका बेला ट्रक ड्राइभर र क्लिनर रहेका आरोपीहरुले सामूहिक बलात्कार गरी शरीर जलाइदिएका थिए ।

इन्काउन्टरपछि डाक्टरका बुवाले ‘छोरीको आत्माले शान्ति पाएको’ प्रतिक्रिया दिएका छन् । दिल्लीमा भएको निर्भया बलात्कारका आरोपीहरुलाई फाँसी नदिइएकोमा आक्रोशित जमातले छोरीमाथि दुष्कर्म गर्नेहरूलाई मृत्युदण्डको माग गर्दै आइरहेका छन् ।दैनिक नेपालबाट

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू चिन्हित छन्।