सिरहा २९ असोज । लक्ष्मीपुर पतारीस्थित पोखर भिण्डा थारु टोल वासवारीमा समृद्दि बचत तथा ऋण सहकारी लिमिटेडको प्रथम सधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
प्रमुख अतिथिको रुपमा समाजसेवी र नेताहरुले सहकारीको वारेमा आआफ्नो बिचार तथा तर्क राखेका थिए । कार्यक्रममा भावि बिभिन्न योजनाहरु सहकारीका सम्वद्ध पधिकारीहरुले प्रस्तुत गरेका थिए ।
सहकारीको मत्लब आर्थिक समृद्धि गर्नु मात्र होइन । उधमशीलताको विकास गर्नु पनि हो । बेरोजगारी जवसम्म समाप्त हुदैन तबसम्म सहकारी भावनाको पनि विकास हुनसक्दैन पोखर भिण्डा पर्साका पुर्व अध्यक्ष रामदेब रायले आफ्नो अनुभव सुनाएका थिए । पंच्यातकालदेखि नै यस्ता संस्थाहरुले आफ्नो ब्याजले कर्मचारीहरुलाई पाल्दापाल्दै समाप्त भएको अनुभव पनि अध्यक्ष रायले सुनाएका थिए ।
फर्निचरको माग भए पनि पहिला भवन त्यसपछि फर्निचर दिने गाउँपालिका लक्ष्मीपुर पतारीको पोखर भिण्डा वडा नं.२ का अध्यक्ष धर्मेन्द्र रायले तर्क दिए । ्त्यही क्रममा गाउँका सहकारी भवनका लगि अध्यक्ष रायले ५ लाख रुपैया दिने घोषणा पनि गरे ।
यो सहकारीलाई जुन सहयोग चाहिन्छ त्यो सहयोग दिने वाचा पार्टीको तर्फवाट नेकपाका नेता महिद राइनले पर्तिवद्धता जनाए । ठुला सहकारीहरुले गाउँभरीका वासिन्दाहरुलाई सदस्य वनाएर रुपैयाँ लिएर आर्थिक समृद्धितिर लागेको श्री जनता डोमी चौधरी माध्यमिक विधालय प्राविधिक पोखरभिण्डा लक्ष्मीपुर पतारीका अध्यक्ष महेश्वर कामतले वताए । गाउँ बाहिरका सहकारीभन्दा अब आफ्नै गाउँको सहकारीहरुलाई आगाडी बढाउदै ठुलो वनाउनु पर्छ, कामतको तर्क थियो ।
देश नै समृद्ध वनाउने काम सहकारी मार्फत मात्र सम्भब छ ,पत्रकार तथा संगम सहकारीका अध्यक्ष शिवकुमार साहले जिकिर गरे । कुनै पनि समुदाय, संघसस्था बिना सहकारी चल्न सक्दैन साहले वताए । हजुरआमा सरह ब्यक्तिले आज यति जनाका माझमा आफ्नो दुई शब्द सन्ंर्दाभिक तरिकाले दिनु यो पनि सहकारीको देन हो अध्यक्ष शाहले वताए ।
प्रविन कुमार चौधरीको अध्यक्ष्तामा रहेको सहकारीको सञ्चालक समिति उपाध्यक्ष हरिनरायण चौधरी ,कोषाध्यक्ष गीता चौधरी , सचिव तथा ब्यवस्थापक दुर्गानन्द चौधरी,सदस्यहरु प्रमिला चौधरी, रामकुमार चौधरी , काशी लाल चौधरी , रहेका छन् । त्यस्तै लेखा समिति संयोजक तारणी चौधरी सदस्यहरु रामजनम चौधरी , देव नारायण चौधरी र ऋण संयोजक महादेब चौधरी , सदस्य सत्यनारायण चौधरी र शुभाष चौधरी रहेका छन् ।
यस संस्थामा पुरुषको संख्या २० र महिला सदस्यहरुको संख्या १२ रहेका अध्यक्ष प्रविन चौधरीले जानकारी दिएका छन् ।