• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sat, 27, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

नागरिक सेयर बजार ७७ जिल्लाकै पहुँचमा

नेपाल पोस्ट दैनिक
    June 24, 2019  मा प्रकाशित

Spread the love
      

काठमाडौं ९ असार । चालु आर्थिक वर्षदेखि सेयर बजारको पहुँच नेपालका ७७ वटै जिल्लामा विस्तार भएको छ । कुनै बेला राजधानी केन्द्रित सेयर बजार नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जको सक्रियतामा ७७ जिल्लामै पुगेको हो ।

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबारसम्म १५ लाख ३८ हजार ६ सय ३ वटा डिम्याट खाता खोलिएका छन् । यो संख्या भित्र ७७ वटै जिल्लाका नागरिक रहेको लिमिटेडले जनाएको छ । सीडीएसबाट प्राप्त तथ्यांक अनुसार यि डिम्याट खातामा ४ अर्ब २७ करोड ७६ लाख ९१ हजार ९ सय ७६ कित्ता सेयर रहेका छन् ।

धितोपत्र बोर्ड आफैले २०७३/७४ देखि सेयर शिक्षाको कार्यक्रम सञ्चालन गर्दै आएको छ । बोर्डले आर्थिक वर्ष २०७३/७४ मा ५ वटा प्रदेशमा २१ वटा कार्यक्रम आयोजना गरेको थियो । यो कार्यक्रममा त्यस वर्ष २ हजार ५ सय ६५ सहभागी भएका थिए । गत आर्थिक वर्षमा बोर्डले ६ वटा प्रदेशमा विभिन्न समयमा ३१ वडा साक्षरताका कार्यक्रम सञ्चालन गरेको थियो ।

सेयर बजारसम्बन्धी जानकारी कमै मात्रै रहेका बेला बोर्ड र नेप्सेले तल्लो स्तरमा पुगेर सेयर शिक्षा सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिएका छन् । जसको फलस्वरुप सबै जिल्लाका नागरिक सेयर बजारमा जोडिएको बोर्ड बताउँछ ।

गत वर्ष गरेको ३१ वटा साक्षरता कार्यक्रममा ४ हजार ३ सय ७० जना प्रत्यक्ष सहभागी भएका थिए । चालु आर्थिक वर्षमा पनि बोर्डले साक्षरता कार्यक्रमलाई निरन्तरता दिएको छ । चालु वर्षको तथ्यांक भने बोर्डले सार्वजनिक गरेको छैन ।

साक्षरता कार्यक्रममा बोर्डले संघ/संस्था, लगानीकर्ताहरु साथै पत्रकारहरुसमेतलाई सहभागी गराउने गरेको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
  • साना किसान भवानीपुर प्र ध को १६ औं वार्षिक साधारण सभा सम्पन्न
  • हालसम्म ६१ स्थानीय तहले बजेट सार्वजनिक गर्न सकेन
  • स्थानीय सरकारको प्रतिबद्धता: कृषि सुधार र सशक्तिकरणमा जोड
    • पछिल्ला
    • लोकप्रिय
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    सलहेश फुलवारीको मंदिरवाट घण्टी चोरी, धार्मिक आस्थामा ठाडो चुनौति
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    छुटाउनु भयो की?
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑