• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Fri, 01, May, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

कृषि तथा पशुपालन फार्मका लागी सहुलियत ऋण तथा अनुदान रकमको पर्खाईमा

नेपाल पोस्ट दैनिक
    October 6, 2025  मा प्रकाशित

Spread the love
      

लहान,२०  असोज ।धनगढीमाई नगरपालिका ११ छपरारीमा विगत पाँच वर्षदेखि सुविधा सम्पन्न कृषि तथा पशुपक्षी फार्म सञ्चालनमा छ । २०७७ सालदेखि सुरु गरेको यस फार्मले अहिले गाउँघरमा आत्मनिर्भरताको उदाहरण बनेको छ । तर, पाँच वर्ष बितिसक्दा पनि सरकारले कुनै प्रकारको अनुदान वा सहुलियत ऋण उपलब्ध नगराएको गुनासो उनले पत्रकारहरूसँग राखे।
स्थानीय किसान छेदी साहले आफ्नो निरन्तर परिश्रम र साहसिक लगानीमार्फत तर, फार्म सञ्चालनमा देखिएको चुनौती भने राज्यको बेवास्ताले थप जटिल बनाइरहेको छ ।
साहको फार्ममा बोइलर कुखुरा, हाँस, माछा र परेवा उत्पादन हुँदै आएको छ यहाका स्थानीय उपभोक्ताहरूले सुपथ मूल्यमा मासु र माछा सहजै पाउने भएकाले यस फार्मले बजारको आवश्यकता पूरा गर्दै आएको छ।
फार्ममा हाल चार जना कामदार कार्यरत छन्, जसले गाउँमै रोजगारी पाएका छन्। “फार्म सुरु गर्दा ठूलो जोश र हौसला थियो। कृषि व्यवसायमार्फत गाउँमा काम र आम्दानी दुवै सिर्जना गर्ने सोच थियो,” साह सम्झिन्छन्।
तर, प्रारम्भिक उत्साहलाई निरन्तरता दिन अहिले उनी आर्थिक संकटसँग जुधिरहेका छन्। उनका अनुसार फार्म सुरु गर्दा देखिनै उनले आफ्नै स्रोत साधनबाट करिब ३० देखि ४० लाख रुपैयाँसम्म लगानी गरेका छन्। “२०७७ सालदेखि निरन्तर सञ्चालन गरिरहेको भए पनि कुनै सरकारी सहयोग पाएको छैन। पूँजी अभावकै कारण फार्मलाई निरन्तरता दिन धेरै गाह्रो भइरहेको छ,” छेदी साहका बुवा नन्दी लाल साह भन्छन्
नेपालमा कृषि र पशुपालन व्यवसायलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा किसानले बेवास्ता भोग्नु परेको यो उदाहरण हो। कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन भन्दै सरकारले थुप्रै योजना ल्याए पनि तल्लो तहमा पुग्दा ती कार्यान्वयन नहुने गरेको साहको अनुभव छ। उनी बताउछन्, “ठूलो पूँजी नहुने किसानले व्यवसाय टिकाउनै कठिन हुन्छ। सरकारी सहयोग बिना यस्तो व्यवसाय धेरै दिन चलाउन सकिन्न।”
तर, चुनौतिसँगै अवसर पनि छन्। स्थानीय बजारमा मासु र माछाको माग निरन्तर बढ्दो छ। साहको फार्मले उत्पादनलाई गुणस्तरीय र सुलभ मूल्यमा उपलब्ध गराउँदा ग्राहकहरू सन्तुष्ट छन्। गाउँका बासिन्दाले पनि यस फार्मले गाउँमा आवश्यकताअनुसारको मासु र माछा उपलब्ध गराएर ठूलो सुविधा मिलेको बताउँछन्।
फार्मले सिर्जना गरेको रोजगारी पनि महत्त्वपूर्ण छ। चार जना स्थायी कामदारले मासिक आम्दानी पाउँदै आएका छन्। “पहिले गाउँमा बेरोजगार भएर समय बित्थ्यो, अहिले यहाँ काम गरेर परिवार चलाउन सकेको छु,” फार्ममा काम गर्ने एक कामदारले बताए। यसले देखाउँछ, सानो स्तरमा सुरु गरिएको व्यवसायले पनि ग्रामीण जीवनशैलीमा ठुलो परिवर्तन ल्याउन सक्छ।
यद्यपि, यदि सरकारले समयमै अनुदान, प्राविधिक सहयोग र सहुलियत ऋणको व्यवस्था गरेको भए, यस्तो फार्मले अझ ठूलो सम्भावना देखाउन सक्थ्यो। स्थानीयस्तरमा नै माछा तथा मासु उत्पादन बढ्दा आयातमा निर्भरता कम गर्ने सम्भावना रहन्छ। तर, यस्ता पहललाई बेवास्ता गर्दा किसानहरू हतोत्साहित हुने खतरा बढ्छ।
साहले माग गरेका छन्—सरकारले ग्रामीण क्षेत्रमा सञ्चालन भइरहेका साना तर प्रभावकारी फार्मलाई पहिचान गरी अनुदान र सहुलियत ऋण उपलब्ध गराउनुपर्छ। “हाम्रो मेहनतले गाउँमा काम, आम्दानी र आत्मनिर्भरता बढिरहेको छ। सरकारले सहयोग गरे यो क्षेत्र अझै समृद्ध बन्न सक्छ,” उनले बताए ।
धनगढीमाई–११ मा सञ्चालनमा रहेको यो फार्म अहिले ग्रामीण उद्यमशीलताको प्रत्यक्ष उदाहरण बनेको छ। सरकारी निकायले ध्यान दिएमा यसलाई नमुना फार्मका रूपमा विकास गरेर अन्य किसानलाई समेत प्रेरणा दिन सकिने सम्भावना प्रष्ट छ। तर, सहयोगको हात नथापे यस्ता प्रयासहरू पूँजी अभावमै रोकिएला कि भन्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    • पछिल्ला
    • लोकप्रिय
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    रा. सु. मोर्चाका महासचिवसहित तीन जना पक्राऊ
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑