• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

औरहीमा छैठौं एपिएल क्रिकेट खेलको शुभारम्भ

नेपाल पोस्ट दैनिक
    September 29, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १३ असोज । औरही गाउँपालिकाको सुन्दर जनत मा वि मा छैठौं एपिएल क्रिकेट खेल प्रतियोगिताको आईतवार उद्घाटन भएको छ। “आत्मनिर्भर र खेलमैत्री समाज निर्माण” भन्ने मूल नाराका साथ गा पा अध्यक्ष शिजी यादव र उपाध्यक्ष रेनु कुमारी यादवले संय्क्त रुपमा बल र व्यटिंग गरि उद्धघाटन गर्नु भएको थियो ।
गाउँपालिका प्रमुख शिवजी यादव प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा उप–प्रमुख रेनु कुमारी यादव, प्रमुख प्रशासकीय अधिकृत देव सरण यादव, वडा नं ५ का वडा अध्यक्ष रामप्रीत यादव, कार्यपालिका सदस्यहरू रामदेव राम र रुकेश कुमार यादव लगायतको सहभागिता रहेको थियो।

उद्घाटन खेल पिपरा–३ र खजनपुर–४ बीच सम्पन्न भएको थियो। खेलाडीहरूको उत्साहपूर्ण सहभागिता र दर्शकको जोशले उद्घाटन दिवसलाई विशेष बनाएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शिवजी यादवले खेललाई स्वास्थ्य, मैत्री र युवाको उर्जासँग जोडेर प्रस्तुत गर्दै भने, “युवाहरू देशका कर्णधार हुन्। उनीहरूले जुन सकारात्मक कार्य गरेका छन्, त्यो सराहनीय छ। यसले गाउँपालिका मात्र होइन, सम्पूर्ण समाजलाई एकताबद्ध र ऊर्जाशील बनाउन मद्दत गर्नेछ।”

उनले युवाहरूलाई यस्तै सिर्जनात्मक, स्वास्थ्यप्रद र समाजलाई उन्नत बनाउने कार्यमा निरन्तर सक्रिय रहन आग्रह गरे। यसैगरी अन्य वक्ताहरूले खेलकुदले आपसी सद्भाव, मैत्री र सहकार्यलाई प्रवर्द्धन गर्ने बताए। आयोजक समितिका अनुसार प्रतियोगिता पालिका–मैत्री ढाँचामा सञ्चालन भइरहेको छ र यसले गाउँपालिकाको खेलकुद विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
कार्यक्रमको श्री जनसेवा युवा क्लब, जमुवाको अध्यक्ष श्याम कुमार यादवको अध्यक्षतामा भएको थियो भने औरही गाउँपालिकाको संयोजनमा भएको यस खेल प्रतियोगिताको उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी तथा खेलप्रेमी युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑