• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

धनगडीमाईमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तर्क्रिया

नेपाल पोस्ट दैनिक
    May 6, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान २३ लबैशाख । धागडीमाई नगरपालिकामा एक दिने लागूऔषध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रमू सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वय र धनगडीमाई नगरपालिकाको सहजीकरणमा उक्त गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो। प्रमुख अतिथिका रूपमा धन्गढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महतो सहभागी हुनु भयो। यस्तै, विशिष्ट अतिथिका रूपमा धनगढ़ीमाई नगरपालिकाका उप(प्रमुख संगीता कुमारी चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न सरोका्रबालाहरूले लागूऔषधको दुरुपयोगले समुदायमा पारेको असरबारे गम्भीर चिन्ता व्यक्त गरे। प्रमुख जिल्ला अधिकारी अर्यालले सरकारले लागूऔषध नियन्त्रणको लागि विभिन्न नीति तथा कार्यक्रम अघि सारेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय स्तरमै लागुऔषधको आपूर्ति श्रृंखला रोक्न सकिने भएकाले गाउँगाउँमा निगरानी संयन्त्र बलियो बनाउनु पर्ने धारणा राख्नुभयो।
प्रमुख अतिथि महतोले युवामाझ बढ्दो लागूऔषधको प्रयोगले समाजलाई नै विकृत बनाउँदै लगेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि स्थानीय तह, प्रहरी, विद्यालय, अभिभावक र समुदायबीच सशक्त सहकार्यको आवश्यकता औंल्याए। उहाँले नगरपालिकाले लागूऔषधविरुद्ध सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा यस अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो।
उप प्रमुख संगीता चौधरीले युवालाई नशा मुक्त बनाउने कामलाई समाज परिवर्तनको अभियानका रूपमा लिनुपर्ने बताउँदै विद्यालय र क्याम्पस स्तरमै सचेतना कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो। अन्य वक्ताहरूले सेवा प्रवाहमा देखिएका चुनौतीहरू, पुनर्स्थापना केन्द्रहरूको आवश्यकता, लागूऔषध सेवन गर्ने व्यक्तिको उपचार र पुनः सामाजिक एकीकरणका उपायबारे पनि धारणा राखेका थिए। साथै, उनीहरूले लागूऔषध नियन्त्रणका लागि कानूनी पक्ष, अभिभावकीय भूमिका, शैक्षिक संस्थाको उत्तरदायित्व र सुरक्षाकर्मीहरूको सक्रियतालाई एकसाथ जोड्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागीहरूले समुदायलाई लक्षित सचेतनामूलक कार्यक्रम, विद्यालयस्तरीय शिक्षण सामाग्री, आमसञ्चारमार्फत सन्देश प्रवाह, पुनःस्थापना सेवाहरूको विस्तार र लागूऔषध कारोबारीमाथि कडाइ गर्ने विषयमा सहमति व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा आयोजक कार्यालयका प्रतिनिधिले सबै सरोकारवाला निकायबीच समन्वय गर्दै आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑