• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

किशोरीहरुको क्षमता विकाशका लागि ३ दीने यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि तालिम

नेपाल पोस्ट दैनिक
    March 26, 2025  मा प्रकाशित

Spread the love
      

संजू कुमारी दास,लाहान,सिरहा १३ चैत्र,। गोलबजार नगरपालिकाको १३ औं वडाका ३० जना किशोरी हरुको सहभागितामा उनीहरुको आफ्नै शरीरको भित्रि र बाहीरी विभिन्न प्रजनन् अंगहरुबारे गहीरीएर बुझ्न र त्यलाई स्वस्थ्य राख्ने सीपको विकाश होस् भनी मुक्ति नेपाल गोलबजारले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि ३ दीने तालिम सम्मपन्न गरेको छ ।

उक्त कार्यक्रममा लिंङ्ग र लैङ्गिकता भनेको केहो रु लैङ्गिक हिंसा भनेको के हो, यो कती प्रकारको हुन्छ, हाम्रो समाजमा व्याप्त हानीकारक परम्परागत सामाजिक अभ्यासहरु के कस्तो छ, यसले महिला वा किशोरीहरुको स्वास्थ्यमा कसरी असर पारी रहेको छ रु विषयमा मुक्ति नेपालकी अभ्यक्ष देवकुमारी महराले विस्तृत रुपमा छलफल गरी किशो्रीहरुलाई यस्ता कुराहरुबारे सचेत गराउनु भएको थियो भने, किशोरा अवस्था र प्रजनन् स्वास्थ्य, महिना बारी र स्वच्छता,गर्भ पतन र कानुनी प्रावधान बारे जनकारी गराउदै यस अवस्थामा हुने शारिरीक परिवर्तनका साथै मानसिक वा सम्वेगात्मक र सामाजिक परिवर्तन, यौन व्यवहार र यौन दुर्वेयवहार के हो रु यसका प्रकार हरु र हाम्रो समाजमा रहेको अभ्यास हरु, किशोरा अवस्थामा हुने मानसिक समस्या, सामाजिक अवस्था र मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन गर्ने उपायहरु बारे पनि छलफल गरीएको थियो ।

कार्यक्रमको समापन सत्रमा प्रमुख अतिथि गोलबजार नगरपालिका की नगर उप प्रमुख मानती साहले यस प्रकारका तालिम हाम्रो समाजमा अति आवश्यक रहेको र यहाँ सिकेका कुराहरु सबै किशोरीहरु आफ्नो व्यवहारमा पनि लागु गर्नु आवश्यक रहेको बताउदै समाजमा रहेको अभ्यासले गर्दा धेरै विवाह, भागि विवाह हुने भएकोले यस प्रति पनि सचेत हुन किशोरीहरुलाई आग्रह गर्नु भयो साथै कुनै पनि समस्या परेमा निर्धक्क भई नगरपालिकामा आएर आफ्नो समस्या राख्न पनि बताउनु भयो र त्यस्ता समस्याका सामाधानका लागि हामी छौं हामी सक्दो सबै प्रयास गर्ने छौ भनी प्रतिबद्धता जनाउनु भयो ।

प्रशिक्षक तेज कुमारी श्रेष्ठले भन्नु हुन्छ वास्तवमा यस्ता कुराहरु पाठ्यक्रममा समावेश भए पनि खुलेर बुझाउने चलन हाम्रो घर र विद्यालयहरुमा छैन जसले गर्दा प्रजनन् स्वास्थ्यलाइ हेर्ने हो भने सयमा तीन वा चार प्रतिशत महिला मात्र पुर्णरुपमा स्वस्थ्य रहेको एउटा तथ्याङ्कले देखाएको छ । त्यसैले यस विषयमा किशोर किशोरी र अभिभावक पनि जानकार हुनु जरुरी छ ।
मुक्ति नेपालकी मनो विमर्शकर्ता कामना साहले भन्नु हुन्छ प्रायः किशोरी हरु आफ्नो समस्या हरु पोख्ने ठाउ न पाएर भित्र भित्रै राखेर, पछि ठुलो मनोसामाजिक समस्यामा पर्ने गरेको हुन्छ र हाम्रो समाजमा त्यसलाइ भुत पे्रत लाग्यो भनी अंधविश्वासमा परेर सही परामर्श र उपचारको अभावले यस्ता समस्या झन् बढेर गई रहेको अवस्था छ । त्यसैले यस्ता कुराहरुमा हामी सबै लाग्नु आवश्यक छ ।
त्यस्तै मनोविमर्शकर्ता शशी यादव भन्नु हुन्छ, किशोरीहरुले आफ्नो समस्या सेयर गर्दा प्रायः गोपनियता भंग हन्छ की रु भन्ने डरले भन्दै न भनेको अवस्थाहरु हेर्दै आएकी छु जसले किशोरीहरु मात्रै न भई यस्ता समस्यामा महिला, पुरुष, युवा, बृद्ध सबै प्रभावित भएको देखिन्छन् । अहिले प्रतेक पालिकामा मनोपरामर्श कर्ता छन् । त्यसैले समस्याका लक्षणहरु देखिन बित्तिकै मनोविमर्श सेवाका लागि परामर्श कर्ता संग परामर्श लीइ, उचीत ठाउमा सल्लाह अनुरुप उपचार पनि गराउनु पर्ने हुन्छ ।
गोलबजार ९ डण्डाकी किशोरी सपना पासमानले हामीलाई यस्ता कुरा न घर मा कसैले भनेको थियो न स्कुलमानै, पैड प्रयोग गरेपछि त्यसलाई व्यवस्थापन गर्न सबै भन्दा राम्रो उपाउ जलाउनु हो भनी हामीले बुझ्यौ तर हाम्रो गांवमा महिनाबारी भएको समयमा प्रयोग गरेको वस्तु जलाउनु हुदैन, त्यस्तो गरेमा बाझोपन हुन्छ भनी हाम्री आमालेनै भन्नु हुन्छ । हामीले यस्तो हुदैन त्यो फोहोर फैलाउनु भन्दा जलाए केही हुदैन भने पनि हाम्रो कुरा मान्दैन । र हामी पनि आमा बाबाको कुरा सही भए पनि गलत भए पनि मान्न बाध्य हुन्छौं ।
गोलबजार ४ चौहर्वा की रुबी महतोले हामी अहिले सम्म यस्ता तालिम कतै पनि लिएकै थिएन । म एकदमै खुशी छु की म यस तालिममा सहभागि हुन पाए । आगामी दीनमा पनि यस्तै अन्य विषयहरुमा अझै तालिमको अपेक्षा छ । मनोसामाजिक समस्याको उपचारका लागि साइकेटीस डाक्टर सिरहा जिलामा सामुदायिक अस्पतालहरुमा आवश्यक छन् तर हाम्रो जिलामा अभाव रहेको बुझे । लाहानको प्रदेशिक अस्पतालमा सप्ताह को एक दीन बुधबार मात्र, बस्नु हुन्छ भन्ने कुरा थाहा पाए । त्यसैले हाम्रो पालिकामा पनि यस्ता व्यवस्था हुनु पर्छ भनी माग गरेकी थिइन ।
तालिम को तीनै दीन सहजकर्ता को रुपमा मुक्ति नेपालका कार्यक्रम संयोजक बिशेश्वर दास, कार्यक्रम तथा अभिलेखन अधिकृत संजु कुमारी दास, सामाजिक परिचालक अंजली मण्डल, सुरज साह लागायतको टीमले किशोरीहरुलाई सहजता महसुस होस् भनी विभिन्न खेल, अन्तरक्रिया र मनोरन्जन गराइ तालिमलाई सक्रिय रुपमा चलाई समापन गरीएको छ ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑