महोतरीको गौशाला नगरपालिका वाडा न. १० र ११ को संयुक्त सहयोगमा जनजागृति युवाक्लबले अायोजना गरेको क्रिकेट खेलको उदधाटन समारोहमा क्लबका अध्यक्ष सत्यनारायण महतोले नेपालको खेल क्षेत्रले संसारमा ठूलो प्रतिष्ठा दिएको बताएका छन् ।
उनले भने, मुलुकमा यतिको परिवर्तन त अायो, राजा फालेर गणतन्त्र ल्यायौं तर राजनीतिक दलकै कारण मुलुक बदनाम बन्दै गएको छ । जति काम राजनीतिक दलले मुलुक र नागरिकका लागि गर्नु पर्थ्यो त्यो गर्न सकेको छैन्, बरु अाफ्नै लागि मुलुक र नागरिक लुट्ने काममा राजनीतिक दल लागिपरेको कुरा पटकपटक बाहिर अाइसकेको छ ।
त्यसैले मुलुकमा खेलाडीहरु जसरी संसारमा इज्जत दिन सफल भएको छ । त्यसरी नै त्यसको ब्यबस्थापन सरकारले गर्न सकेको छैन् । यो दुखद कुरा हो । राजनितीक अभियानले गर्न नसकेको काम खेलकुद क्षेत्र गरेको छ । यसमा सबैलाई सराहना गर्नै पर्छ ।
हिन्दुहरुको महान चाँड दशै,तिहार र छठलाई लक्षितगरी क्लबले अायोजना गरेको त्यो क्रिकेट खेल प्रतियोगितामा जम्मा १९ टिमको सहभागी रहेको छ ।
उदघाटन समारोहमा अतिथिकारुपमा वाडा न. १० का वाडा अध्यक्ष जलिल मियाँ, वाडा न.११ का वाडा अध्यक्ष बद्रीनारायण श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष सूर्यनारायण महतो, वाडा न. ११ का वाडा सदस्यहरुमा रामगुलाम महतो,धनबिर महतो, बेचनीदेवी पासवान, मैमुन करैटे त्यस्तै वाडा न. १० का वाडा सदस्यहरुमा प्रमेश्वर मण्डल, डम्बरबहादुर दर्लामी, ललिता राम, कन्ति मण्डल, क्लबका सदस्यहरु विजय महतो,राजकिशोर महतो,दिपक महतो,लालबाबु महतो,राजन चुरोटे लगायतकाहरुको अातिथ्य अासन थियो ।