शम्भु चौधरी, लहान २९ साउन । TVS मोटर कम्पनीले लहानमा शुक्रबार एक कार्यक्रम बिच ORBITER ईलेक्ट्रिक स्कुटर सार्वजानीक गरिएको छ ।
TVS Orbiter भारतीय कम्पनी TVS Motor Companyले उत्पादन गरेको इलेक्ट्रिक स्कुटर हो। नेपालमा यो २०२६ जुलाईमा रु. २ लाख ८१ हजार ९०० को प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको छ । नेपालमा TVS Orbiter लाई दैनिक आवतजावतका लागि तुलनात्मक रूपमा किफायती इलेक्ट्रिक स्कुटरका रूपमा प्रस्तुत गरिएको छ। यसको लामो दाबी गरिएको रेन्ज, कम सञ्चालन खर्च र स्मार्ट सुविधाले पेट्रोल स्कुटरको विकल्प खोज्ने शहरी प्रयोगकर्तालाई आकर्षित गर्न सक्ने जगदम्बा मोटर्स प्र लि का रिजनल म्यानेजर अर्जुन खनालले बताए ।
ब्याट्री: 3.1 kWh Lithium-ion,मोटर: 2.5 kW Peak BLDC,IDC रेन्ज: एकपटक फुल चार्जमा १५८ किलोमिटरसम्म,अधिकतम गति: ६८ किमी/घण्टा,०–८०% चार्ज: करिब ४ घण्टा १० मिनेट,५.५ इन्च कलर LCD: Bluetooth, नेभिगेसन, OTA अपडेट लगायतका सुविधा,बुट स्पेस: ३४ लिटर,Hill Hold Assist: उकालोमा रोकिँदा सहज,Forward/Reverse Parking Assist, Anti-theft Alert, Live Location र Crash/Fall Alert जस्ता स्मार्ट सुविधा पनि उपलब्ध रहेको म्यानेजर खनालले बताए ।
१५८ किमी IDC रेन्ज प्रयोगको वास्तविक अवस्थामा सडक, गति, तौल, मौसम र राइडिङ शैलीअनुसार फरक पर्न सक्छ। त्यसैले खरिद गर्नु अघि टेस्ट राइड र आफ्नो क्षेत्रमा उपलब्ध चार्जिङ/सर्भिस सुविधाबारे बुझसुझ गरि खरिद गर्न समेत सुझाउका थिए ।
भोल देखि क्यम्प पनि सुचारु हुने कार्यक्रम बिच बताएका छन तथा त्यस क्यम्पमा जुनसुकै ब्रण्डका मोटरसाईकल लिएर आएको खण्डमा उचित मुल्यांकन गरि ईक्सचेन्ज गर्ने बताए ।

