• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Thu, 16, Jul, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुत्तानीको लेनदेन

नेपाल पोस्ट दैनिक
    April 13, 2026  मा प्रकाशित

Spread the love
      

लहान ३० चैत। सिरहाको कल्याणपुर स्थित दुर्गा मन्दिरमा लाइट जडानको कार्य सम्पन्न नै नगरी भुक्तानी लिएको जनगुनासो रहेको छ ।
काम नै नगरी जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुक्तानी लिने र दिने स्थानीय बासीको गुनासो रहेको छ ।सिरहाको कल्याणपुर नगरपालिकामा कर्मचारी, जनप्रतिनिधी र व्यवसायीको मिलोमत्तोमा कामै नगरी लहान ३ का अमित सप्लायर्सले करिव ८ लाख भुक्तानी लिएको पाइएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ अन्तर्गत उक्त कार्यका लागि १० लाख रुपैयाँ विनियोजन गरेको थियो। सोही योजना अन्तर्गत लहान ३ का अमित सप्लायर्ससँग २०८२÷०६÷२९ गते सम्झौता गरिएको थियो।

सम्झौताअनुसार सप्लायर्सले लाइट जडानसँगै फ्लड लाइट, एल इडी बल्ब, प्रोजेक्टर बत्ती, नेटवर्किङ सामग्री लगायतका विद्युतीय सामग्री उपलब्ध तथा जडान गराउने जिम्मा लिएको थियो। तर मन्दिरमा कुनै कामै नगरी ७ लाख ९१ हजार ३७४ रुपैयाँ भुक्तानी दिएको छ।

काम नै नगरी जनप्रतिनिधी, कर्मचारी र व्यवसायीको मिलेमत्तोमा भुक्तानी लिनु दिनु सिधै भ्रष्टाचार भएको भन्दै स्थानीयले कार्वाहीको माँग गरेका छन्। स्थानीय विजय कुमार साहले, ‘यसरी काम नगरी रकम भुक्तानी दिनु दिनु नीतिगत भ्रष्टाचार हो, यसकार्यमा संलग्न दोषीहरुमाथि कारबाही गरिनु पर्छ।’

काम नै नसकी हतार–हतार भुक्तानी दिनुले पनि कमिशनको खेल भएको भन्ने प्रष्ट भएको उनको भनाई छ।

अर्का स्थानीय सितल प्रसाद साहले सूचना अधिकार प्रयोग गरी कागजात माँग गरेपछि आफूहरुले कामै नगरी भुक्तानी दिएको जानकारी पाएको बताए। उनले भने, ‘हामीले कामै नगरी भुक्तानी भएको भन्ने सूचना पाएपछि पुष्टिका लागि सूचना माँग गर्यौं, त्यसपछि हामीले काम नै नगरी भुक्तानी भएको भन्ने थाहापायौं। यो सरासर गलत हो। यस कार्यमा संलग्न सवैलाई कार्वाही हुनुपर्छ।’

त्यसैगरी, अर्का स्थानीय सतेन्द्र यादवले पनि मन्दिरमा कुनै काम नभएको अवस्थामा सबैको मिलेमतोमा भुक्तानी गरिएको आशंका व्यक्त गर्दै छानबिन र कारबाहीको माँग गरे।

यता, कल्याणपुर नगरपालिका ११ का अध्यक्ष प्रमेश्वर साहले नगर स्तरिय योजना भएको हुनाले वडाबाट कार्य सम्पन्नताको सिफारिस आवश्यकता नभएको कारण नलिएको हुनसक्ने बताए। नगरबाटै सवै कार्य भएको अध्यक्ष साहले बताए। यस विषयमा आफूलाई धेरै जानकारी नरहेकोसमेत सुनाए।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सुजित कुमार यादवलाई पटक–पटक फोन गर्दा वहाँको फोन उठेन्न।

कार्यवाहेक मेयर रेखा यादबलाई सम्पर्क गर्दा आफू एउटा छलफलमा रहेको हुनाले पछि फोन गर्छु भन्दै फोन काटे। पछि मेयर यादबलाई पटक–पटक फोन गर्दा वहाँले फोन काटी रहे, तर फोन उठाएन्न।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
  • फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
  • आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
  • मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    • पछिल्ला
    • लोकप्रिय
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हारिसकेको खेलमा शानदार कम्ब्याक गर्दै अर्जेन्टिना फाइनलमा
    फिफा विश्वकपको पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै
    आज भानु जयन्ति विभिन्न कार्यक्रम गरि मनाउदै
    मधेशमा मलको अभाव, यता किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार प्रतिबद्ध
    स्कुल बसको ठक्करले एकको मृत्यु, २ घाइते
    छुटाउनु भयो की?
    औरही गाउँपालिकामा तिन करोड लागतको छात्रावास भवन शिलान्यास
    मेस्सीले फेरि रचे विश्वकप इतिहासमा दुई नयाँ रेकर्ड आफ्नो नाममा
    भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९०० नाघ्यो
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑