• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सुरुङ्गाको कुशहामा नवनिर्मित प्रशासकीय भवनक समुद्घाटन

नेपाल पोस्ट दैनिक
    February 17, 2026  मा प्रकाशित

Spread the love
      

लहान ५ फाल्गुण। सुरुङ्गा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कुशहामा नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोह आज सम्पन्न भएको छ। “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी सुशासित, सुन्दर, समृद्ध सुरुङ्गा बनाउछौं हामी” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख गीता चौधरीले गर्नुभएको थियो। विशिष्ट अतिथिमा उप–प्रमुख रुद्र बहादुर कार्की तथा बिन्दा कुमारी पासमान रहनुभएको थियो। साथै वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो। समारोहमा स्वागत मन्तव्य वडा अध्यक्ष दिलाराम चौधरीले राख्दै नगरको दीगो विकासका लागि प्रशासकीय भवन महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले सबैको साथ, सहयोग र प्रतिबद्धताले मात्रै समृद्ध सुरुङ्गा निर्माण सम्भव हुने बताउनुभयो। प्रशासकीय भवन निर्माणका लागि विभिन्न व्यक्तित्वहरूले उदारतापूर्वक जग्गा उपलब्ध गराउनुभएको छ। महेश चौधरी — १८।५ धुर काली कुमारी चौधरी — २ कठ्ठा हरिकान्त चौधरी — ५ कठ्ठा हरिहर चौधरी — ३ कठ्ठा यसैगरी बाटोसहित २८ कठ्ठा जग्गा उपलब्ध गराई अमूल्य सहयोग गर्ने श्री महेश चौधरी, स्वर्गीय श्री कन्तलाल, श्री काली कुमारी चौधरी, श्री हरिहर देवी चौधरी र श्री जितनी कुमारी चौधरीप्रति नगरपालिकाले विशेष धन्यवाद व्यक्त गरेको छ।

समारोहमा वक्ताहरूले नयाँ प्रशासकीय भवनले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गरे। भवन सञ्चालनमा आएसँगै प्रशासनिक कार्यहरू एकै स्थानबाट सुचारु हुने, सेवाग्राहीलाई सहजता पुग्ने तथा सुशासन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

अन्त्यमा नगर प्रमुखले सुरुङ्गा नगरपालिकालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी क्षेत्रमा आत्मनिर्भर र समृद्ध बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गर्नुभयो।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑