• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरूको स्वास्थ्य परीक्षण

नेपाल पोस्ट दैनिक
    February 6, 2026  मा प्रकाशित

Spread the love
      

वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्ज बीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता (MOU) औपचारिक रूपमा सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल माघ २३ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा हस्ताक्षर गरिएको हो।

सम्झौता अनुसार मानवसेवा आश्रमद्वारा उद्धार गरिएका असहाय, बेसहारा, मानसिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिहरू, साथै आश्रमका कर्मचारी तथा आश्रितहरूलाई नेशनल मेडिकल कलेजले आवश्यक स्वास्थ्य परीक्षण, उपचार, आपतकालीन सेवा तथा अन्य चिकित्सकीय परामर्शहरू विशेष सहुलियत सहित प्रदान गर्नेछ। सम्झौतामा नेशनल मेडिकल कलेज प्रा. लि. का तर्फबाट अध्यक्ष प्रा.डा. जैनुदिन अन्सारी, र मानवसेवा आश्रमका तर्फबाट संरक्षक श्री देवेश प्रसादले हस्ताक्षर गर्नुभयो।

कार्यक्रममा नेशनल मेडिकल कलेजका व्यवस्थापकीय निर्देशक श्री सहनवाज अन्सारी, CIO ई. प्रदीप कुमार चौधरी, प्रशासन अधिकृत पप्पु सिंह, मधेश विश्वविद्यालयका उप–डिन तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक प्रा.डा. दीपक शाक्य, तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको उपस्थिति थियो। यस सहकार्यले समाजका असहाय, सेवावञ्चित तथा कमजोर वर्गका नागरिकले सुलभ, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।

नेशनल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा मात्र होइन—‘सेवा भन्दा पनि पर’(Service Beyond)भन्ने भावनाका साथ समुदायमै केन्द्रित स्वास्थ्य सेवा विस्तार गर्न प्रतिबद्धता व्यक्त गरेको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑