शम्भु चौधरी, लहान १७ माघ । सप्तरीको बलान विहुल चन्ही चौकमा जनमत पार्टीका सम्पर्क कार्यालय आज एक कार्यक्रम बिच उद्धघाटन भएको छ । उद्धघाटन समारेहमा जनमतका सयौं नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सप्तरी क्षेत्र ४ का प्रतिनिधि सभा सदस्यका उमेदवार जितेन्द्र कुमार यादव प्रमुख अतिथि रहेका थिए। सो अवसरमा जनमत पार्टीका केन्द्रिय सदस्य थनेश्वर साह,केन्द्रिय सदस्य महेन्द्र साह, बालेश्वर यादव नगर अध्यक्ष,सुकदेव प्रसाद साह सहितका अगुवा नेता तथा कार्यकर्ताहरूको यपस्थित रहेको थियो
उम्मेदवार यादवका अनुसार मेरो पहिलो प्राथमिकता कृषि तथा शिक्षामा हुने बताएका छन । किसानको लागी गुणस्तरीय विउबिजनको व्यवस्था गर्ने तथा शिक्षामा प्रत्येक पालिका अन्तरगत एक व्यचलर सम्मको क्याम्पस निर्माणमा जोड दिने प्रतिवद्धता जनाएका छन । भावुक हुदै उम्मेदवार यादवले भने म गरिब दिन दुखिलाई हेर्दा मेरो मन नै भावुक भएर जान्छ । त्यसैले म चुनाव जिते भने गरिब दिन दुखिलाई पनि सहयोग गर्छौ ।
सम्पर्क कार्यालयको उद्धघाटन जनमत पाटीृका मधेश प्रदेश सदस्य तथा बलानबिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवको अध्यक्षामा भएको थियो ।