शम्भु चौधरी लहान १६ माघ । इलाका प्रहरी कार्यालय धनगढी सिरहामा हेल्पिगं ह्यान्ड संस्था द्वारा सामुदायिक ह्यान्ड पम्प जडान गरिएको छ ।
शुद्ध, ताजा र स्वस्थ्य खानेपानी प्रदान गर्ने उद्येश्यले यो ह्यान्ड पम्प जडान गरिएको हो । यहाँ सेवा लिन आउने सम्पूर्ण सेवाग्राहीले शुद्ध खानेपानी प्राप्त गर्न सकिने छ ।
प्रहरी सबैको साथी भन्ने मूल नारालाई साकार पार्न हामी यहाँ सेवा दिने प्रयास गरिरहेका छौँ । सेवामा सबैको सहकार्य तथा समवन्वयको जरुरी रहने इलाका प्रहरी कार्यालय धनगढीका इन्चार्ज सूर्य नारायण चौधरीले बताए ।
खानेपानी जडान कार्यमा सहयोग पुर्याउने धनगढीमाई नगरपालिकाका उपमेयर संगिता कुमारी चौधरी लगायत सम्पूर्ण सहयोगी हातहरुलाई इन्चार्ज चौधरीले धन्यवाद प्रकट गरेका छन् ।
सम्बन्धित खबर
लहान–२२ मत्स्यफर्मदेखि जहदीसम्म सडक कालोपत्रे हुने, नगरप्रमुख चौधरीद्वारा शिलान्यास
समाजसेवी यादवद्वारा ढेकहामा झुल वितरण
लहान–२२ सिसवनीमा प्रथम भेट्रान फुटबल प्रतियोगिता सुरु, मेयर चौधरीद्वारा उद्घाटन
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ का लागि बास्केटबल खेलाडी छनौट
लहान १५ मा तीन महिने सिलाइकटाइ तालिम सुरु
