सचिता चौधरी १२ माघ । लोटस इंगलिस बोर्डिगं लहान ८ मा आज माघ १२ गते देखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यार्थीहरुको पढाइसँगसँगै मानसिक तथा शारिरिक विकासको महत्व दिँदै उक्त खेलको सञ्चालन गरिएको हो । खेल खेल्दा शरिर स्वास्थ्य, निरोगी, तन्दुरुस्त र फुर्तिलो हुने, पढाइ प्रति रुचि जाग्ने हुन्छ । खेलकुदले इज्जत र मान सम्मान बढाउँछ । आजका बालबालिकाहरु भविष्यमा खेल खेलेर विश्व प्रशिद्ध पनि हुन सक्छ भनेर E. C. A. Coordinator प्रतिमा बुढाथोकीले जानकारी दिनुभयो ।
स्कुल भित्र ३० भन्दा बढि र स्कुल बाहिर ७ ओटा जति खेल गरी जम्मा ४० भन्दा बढी खेल हुने बुढाथोकीले जनाउनु भएको छ ।
जस मध्ये आज विद्यार्थीहरु खेलाडीको पोशाकमा आफ्नो स्कुल देखि उत्तर नहरको बाटो हुँदै घण्टाघर देखि दक्षिण शहिद चौक हुँदै पुर्व महेन्द्र राजमार्ग हुँदै २ नं. रोड समातेर आफ्नो स्कुलसम्म लहान परिक्रमासँगै Slow Cycle race, Musical chair, Hot potato, Three leg race game भयो ।
वार्षिक खेलकुद जम्मा ६ दिनसम्म चल्ने छ । जसमा विभिन्न प्रकारका खेलहरु हुने आयोजक संस्थाले जनाएको छ ।