• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Wed, 24, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

सप्तरी, महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम

नेपाल पोस्ट दैनिक
    December 31, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी, लहान १६ पुस । दहेज प्रथा समाजको विकृति हो ने मुल नाराका साथ बलानबिहुल युवा सञ्जालको आयोजनामा एकदिने महिला सशक्तिकरण तथा दहेज प्रथा विरुद्ध सचेतना कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि सक्रिय सामाजिक अभियन्ता अनिता यादव रहनु भएको थियो। प्रमुख अतिथि यादवका अनुसार महिलामाथि हुने विभेद, हिंसा र दहेज प्रथाजस्ता कुप्रथाले समाजलाई पछाडि धकेलिरहेको बताउनुभयो। उहाँले महिलालाई आत्मनिर्भर, शिक्षित र सचेत बनाउनु नै दहेज प्रथा अन्त्यको प्रभावकारी उपाय भएको उल्लेख गर्दै महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा विशेष अतिथि बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव रहनु भएको थियो । वहाँका अनुसार गाउँपालिकाबाट महिला सशक्तिकरणका लागि विभिन्न कार्यक्रम तथा नीतिहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। दहेज प्रथा समाजको गहिरो रोग भएको उल्लेख गर्दै उहाँले यसको अन्त्यका लागि कानुनी व्यवस्था मात्र होइन, सामाजिक सोच परिवर्तन अत्यावश्यक रहेको धारणा व्यक्त गर्नुभयो। स्थानीय तहबाट यस्ता चेतनामूलक कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।
कार्यक्रममा महिला अधिकार, दहेज प्रथाको कानुनी पक्ष, सामाजिक प्रभाव र समाधानका उपायबारे अन्तरक्रिया तथा छलफल गरिएको थियो। सहभागीहरूले दहेज प्रथा विरुद्ध सामूहिक अभियान चलाउनुपर्ने, विवाहलाई सादगीपूर्ण बनाउने संस्कृतिको विकास गर्नुपर्ने र छोरीलाई बोझ होइन सम्मानको रूपमा हेर्ने सोच विकास गर्नुपर्ने सुझाव दिएका थिए।
विशेष अतिथिहरूमा पूर्व गाउँपालिका अध्यक्ष दयानन्द गोइत तथा वडा १ को वडा अध्यक्ष राम कुमार यादव,समाजसेबि दुर्गा प्रसाद शर्मा, रामेश्वर यादव, देबु चौधरी , प्रमोद कुमार यादव, डा. गुर्गेन्द मघैया यादव, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, सम्पुर्ण बलान बिहुल युवा संजालका युवाहरुको उपस्थिति रहेको थियो।
आयोजक संस्था बलानबिहुल युवा सञ्जालको अध्यक्ष मुकेश कुमार पासमानले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक रुपान्तरणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको समापन सबै सहभागीहरूले दहेज प्रथा विरुद्ध एकजुट भएर लाग्ने संकल्पसहित गरिएको थियो।
बलानबिहुल गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, युवा युवती तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
यस कार्यक्रमले बलानबिहुल क्षेत्रमा महिला सशक्तिकरण र दहेज प्रथा विरुद्धको अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको कुरा कार्यक्रम संचालक दुर्गा प्रसाद यादवले जनाएको छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    • पछिल्ला
    • लोकप्रिय
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    आज अन्तराष्ट्रिय ओलम्पिक दिवस विभिन्न खेलकुद गरि मनाउदै
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑