शम्भु चौधरी लहान १६ असोज । धनगढीमाई नगरपािलका ४ मा दाजु भाई बिच १९ वर्ष सम्ममा पनि अंश बण्डा नभएको कारण भाई बिजोगमा परेका छन । अरुण कुमार सिंह आफना दाजु ललित कुमार सिंहसंग १९ वर्ष अगाडी नै अलग भए तापनि अहिले सम्म बण्डा नभएको पत्रकार सम्मेलन मार्फत बताए ।
अंश बण्डा नभए पछि दाजु ललितले पटक पटक विभिन्न बैकमा जग्गा धरौटि राखी ऋण लिएको र विभिन्न व्यवसायमा लगाएको बताए । ऋण अरुण र ललितको दुबै दाजु भाईको हस्ताक्षरबाट निस्किने गरिएको थियो । व्यवसायमा आफनो भागको जग्गा मात्र प्रयोग गर्नु पर्नेमा मेरो भागको जग्गा पनि धरौटीमा राखी कारोबार गरिरहेको बताए । अहिले व्यवसाय नफस्टाएको कारण बैकको ऋण बढदै गईरहेको छ । बैकबाट पटक पटक तागेदा पनि आईरहेको छ बैकले जग्गा लिलामी गर्छ कि तिन पुस्ते कालो सुचिमा लाने भने डर अरुणमा छ । मेरो भागको जग्गा बैकमा राखेको कुरा छुटै छ म सित खालि चेक पनि लिएको थियो जसमा पचिस लाख रकम निकालिएको छ । त्यो रकम अलिकति फिर्ता गरि अहिले पनि बाईस लाख जति बाकी छ त्यो पनि दिन आनाकानी गरिरहेको गुनासो पोखे । गह भरी आशू झर्दै अरुणले भने म त सुगरको बिरामी छु नै कम से कम मेरो छोराछोरीको भविष्य बचाई दिन आग्रह गरेका छन ।
यस विषयलाई लिएर गाउँमा तिन चार पटक पंचायत भई सकेको समाजिक अगुवा देवेनद्र सिंहले बताए । अगुवा सिंहका अनुसार अंश बण्डाको विषय लिएर हामी गाउँलेहरु पंचायत बसी आईन्दा यस प्रकारको परेशानी र लेनदेन भएको रकम फिर्ता गरिने गरि बण्ड (कागज) पनि बनाएका छौ तै पनि कुनै किसिमको सुनवाई भएन । अहिले पनि त्यो कागज म संग मैजुद छ । समाजिक तौरतरीकाबाट हामी चाहिने जति मिलाउने काम गरिरहेका छौ ।
यता अरुणका दाजु ललितर्सैग बुझसुझ गर्न जादा वास्तवमा हामी दुई दाजुभाई बिच अंश बण्डा नभएको बताए । मैले ऋण बैकबाट लिएको छु पनि वहाँले स्वीकारे, हुने जति जग्गा मेरो बुवाको नाममा छ मलाई व्यवसाय गर्न रकमको जरुरी भए मैले बुवासंग जग्गा मागे वहाँले गर दिनु भो । बण्डा दाजु भाई र बुवा मिले पो हुन्छ नि, उसले बुवालाई कुटपिट गर्छ गालि गलौज गर्छ अनि बुवाले गरदिदैन त म के गरौ । अब जहा सम्म रहियो कुरा पैसको मैले पैस लिएको छु । त्यो पैसाको हिसाव पनि भएको छ,अलिकति मैले तिरेको पनि छु र बाकी पैसाको गाउँले पंचायतमा व्याज ,तिर्नू पर्छ भनि कागज बनेको छ त्यो कागजको समय म बाट फेल भएको हो । अहिले व्यपार विजनेस मन्दी छ म पैसा व्यपारमा लगाएको छु । म जग्गा बेचने तरखरमा छु, ग्राहक पनि खोजि रहेको छु, जग्गा बिके पछि म तरुन्त पैसा दिहाल्छु अहिले कुनै उपाय नभएको ललितले बताए । बरु त्यो पैसा बराबर घरेरी दिन म तयार छु त्यसको मुल्य निर्धारण गरेर । बाकी केहि उपाय छैन म संग ।
बुवा पलट प्रसाद सिंहका अनुसार मैले पटक पटक बण्डा गर्न भनेको थिए त्यति बेला गराएन र अहिले अरुण र अरुणकी श्रीमति दुवै जना मिलि मलाई कुटपिट गर्छ साथै गालि गलौज गर्छ मलाई चित दुखेको छ म बण्डा गरदिन ।
अरुण पेशाले ट्रक डाईभर र ललित पेशाले व्यवसाय हुन,उता वहाको दाइ ललित र बुवा पलटसंग प्रतिक्रिया लिन खोज्दा आफू भिडियोमा नआउने भनी प्रस्ट पारे ।