• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 14, Jun, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

बेबी एन्जल सेकेण्ड्री स्कूल शिक्षामा फन्को मार्दै

नेपाल पोस्ट दैनिक
    September 1, 2025  मा प्रकाशित

Spread the love
      

शम्भु चौधरी लहान १६ भदौ । लहान ४ मा अवस्थित बेबी एन्जल सेकेण्ड्री स्कूल निजी शैक्षिक क्षेत्रको एक एक उदाहरणिय रुप बनेको छ। आधुनिक शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक, अनुशासित वातावरण र दृढ प्रतिबद्धताले विद्यालय निरन्तर प्रगति हासिल गर्दै गएको देखिनछ ।

शैक्षिक गुणस्तरलाई अझ प्राविधिक र व्यावहारिक बनाउन विद्यालयले साइन्स र केमेस्ट्री ल्याब स्थापना गरेको छ। यसले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सीप पनि विकास गर्न सहयोग पुर्‍याइरहेको छ। आजका अभिभावक र विद्यार्थीहरू गुणस्तरीय शिक्षा खोजिरहेका बेला यस विद्यालयले ल्याब मार्फत आफूलाई फरक र उत्कृष्ट देखाएको छ।
आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत यहाँ प्लस टु तहसम्म कक्षा सञ्चालन भइरहेको संस्थापक प्रिन्सिपल श्यामसुन्दर साह भन्छन । प्रिंसिपल साहले “हामीसँग आफ्नो बच्चा एक वर्षका लागि दिनुहोस्। तोकिएको समयमा बच्चाले अपेक्षित प्रगति गर्न सकेन भने अभिभावकलाई पुरा निशुल्क बच्चा फिर्ता पाउनुहुनेछ।” साहको यो भनाइ विद्यालयको गुणस्तरमा रहेको आत्मविश्वासको प्रमाण हो।

बेबी एन्जलले स्थापना २०६५ सालदेखि नै निरन्तर राम्रो शैक्षिक परिणाम दिंदै आएको छ। बोर्ड परिक्षा वा प्लस टु तह दुवैमा यहाँका विद्यार्थीहरूले वर्षेनी उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

विद्यालय व्यवस्थापनमा पारदर्शिता, अनुशासन र योजनाबद्धताले ठूलो भूमिका खेलेको छ। विद्यार्थीहरूलाई समयमै गृहकार्य, नियमित पठनपाठन, अतिरिक्त गतिविधि र जीवन उपयोगी सीप सिकाउने प्रणाली अपनाइएको छ।विद्यालयले शैक्षिक वातावरणसँगै नैतिक शिक्षा, सह–पाठ्यक्रम गतिविधि, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूलाई पनि समान महत्व दिएको छ। यसले विद्यार्थीहरूलाई पुस्तकमुखी मात्र नभई सर्वांगीण विकासतर्फ अग्रसर गराएको छ।

सप्तरी जिल्लाको सुरुगा नगरपालिका १०, पटेर्वा निवासी साह लामो समयदेखि शिक्षामा संलग्न छन्। उनका अनुसार, “शिक्षा नै समाज रूपान्तरणको मूल आधार हो, त्यसैले मैले यो यात्रालाई चुनौतीपूर्ण भए पनि निरन्तर अघि बढाइरहेको छु।”साहले आफ्नो अनुभव, लगनशीलता र दुरदृष्टिका कारण विद्यालयलाई मधेश प्रदेशको एक उत्कृष्ट निजी शैक्षिक संस्थाको स्तरमा पुर्‍याउन सफल भएका छन्।

विद्यालयले आगामी वर्षहरूमा अझ आधुनिक प्राविधिक शिक्षा, सूचना प्रविधि आधारित अध्ययन प्रणाली, अन्तर्राष्ट्रिय स्तरका शैक्षिक आदान–प्रदान कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। श्यामसुन्दर साह भन्छन्, “बेबी एन्जललाई राष्ट्रिय स्तरमै उदाहरणीय शैक्षिक संस्था बनाउन चाहन्छौं। हाम्रो लक्ष्य गुणस्तरीय शिक्षा मात्रै नभई सिर्जनशील, अनुशासित र समाजप्रति जिम्मेवार नागरिक तयार गर्नु हो।”लहानमा स्थापित बेबी एन्जल सेकेण्ड्री स्कूल केवल एउटा निजी विद्यालय मात्र होइन, स्थानीय शैक्षिक आन्दोलनको हिस्सा बनेको छ। गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र दूरदृष्टि नेतृत्वका कारण बेबी एन्जल अब प्रदेश नम्बर २ का मात्र होइन, समग्र मुलुककै निजी विद्यालयबीच उदाहरणीय मोडेल बन्ने बाटोमा छ।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
  • नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
  • सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
  • लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    • पछिल्ला
    • लोकप्रिय
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    मूकसार गढीमा १२ सय वर्ष पुराना पौराणिक इँटा र पुरातात्विक वस्तु फेला, उत्खनन र संरक्षणको आवश्यक
    नेपाल राष्ट्रिय मुसहर संघ सुनसरीको अध्यक्षमा छठवा सदा
    सलहेस फूलवारीलाई “दाइजो विनाको विवाह गर्ने स्थल” को रुपमा विकास गर्नु पर्नेमा जोड,उपसभामुख ठाकुुर
    लहान १३ का मुसहर समुदायलाई सुरक्षित आवास हस्तान्तरण
    ऋण लगानी तथा असुली सम्बन्धी कानूनी प्रक्रिया विषयक दुई दिने तालिम सम्पन्न
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑