१५ भदौ । वेपता विरुद्ध दिवस हरेक वर्ष अगस्ट ३० मा संसारभर मनाइन्छ। यो दिन बेपत्ता भएका व्यक्तिहरूको सम्झनामा र तिनीहरूको परिवारका पीडालाई सम्बोधन गर्नका लागि विशेष रूपमा मनाइन्छ।
जबसम्म एक जना पनि वेपत्ता छ, तबसम्म हाम्रो मानवता अधुरो छ भने मुल नारा सहित वेपता विरुद्ध दिवसले हामीलाई न्याय, मानवता र सहानुभूतिका पक्षमा उभिन सिकाउँछ। यो दिन पीडितको आवाज बनेर सरकार र अन्तर्राष्ट्रिय समुदायलाई सचेत गराउने माध्यम हो।
बेपत्ता व्यक्तिहरूको अवस्थाबारे पारदर्शिता ल्याउने। पीडित परिवारलाई न्याय दिलाउने। सरकारहरूलाई जवाफदेही बनाउने। ऐन, कानुन तथा मानव अधिकारको सम्मानको सुनिश्चितता गर्नुयसको मुख्य उदेश्य रहेको छ ।
यो दिवस विशेष गरी यस्ता व्यक्तिहरूको अधिकारको रक्षाका लागि समर्पित छ, जो विभिन्न कारणले — जस्तै युद्ध, सशस्त्र द्वन्द्व, मानव अधिकार उल्लंघन, राजनीतिक उत्पीडन, या सरकारले नियन्त्रणमा लिएर सार्वजनिक रूपमा जानकारी नदिएका कारण — बेपत्ता भएका हुन्छन्।
यो दिवसको सुरुवात मुख्य रूपमा मानव अधिकारवादी संस्थाहरूको पहलमा गरिएको हो।
नेपालमा १० वर्ष लामो सशस्त्र द्वन्द्व २०५२–२०६३ को समयमा करिब १३०० भन्दा बढी व्यक्ति वेपत्ता भएको तथ्यांकहरूमा देखिन्छ। आज पनि धेरै परिवारहरू आफ्ना हराएका सदस्यको खोजीमा छन्।
नेपाल सरकारले वेपत्ता भएको व्यक्तिहरूको छानबिन गर्न सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन, सत्य निरूपण आयोग गठन गरे पनि कार्यान्वयनको गति सुस्त छ।