शम्भु चौधरी लहान, १० असार । सप्तरीको राजविराजमा ८ गते आइतवार सम्पन्न अधिवेशनबाट मिटर ब्यााजी किसान मजदुर आन्दोलन नेपाल सप्तरीको अध्यक्षमा विरेन्द्र कुमार सिंह चयन भएको छ ।
किसान मजदुरको समस्या परेको बेला हरबखत साथ र सहयोग गर्ने उदेश्यका साथ समिति निर्माण गरिएको छ । सप्तरी जिल्ला भरीका सप्तरी जिल्ला भरिका सम्पुर्ण मिटर ब्याज पिडित एकजुट भइ संर्घष गर्ने र पिडितलाई केहि हदसम्म भएपनि ब्याज छुट दिलाउने हामीहरुको मुख्य कार्य रहेको आन्दोलन नेपालका सप्तरी इन्चार्ज तैयब अलिले बताए ।
सम्पुर्ण मिटर ब्याजी एक हौँ ।, मिटर ब्याजी साहु महाजनलाई कारवाही गर र उचित ब्याज दरको व्यावस्थापन गर भन्ने मुल नारा सहित सप्तरीमा गठित समितिहरुमा क्रमश उपाध्यक्षमा मिश्रीलाल मण्डल, सचिवमा विजय कुमार चौधरी, सहसचिवमा जयकान्त यादव र कोषाध्यक्षमा रम्भा देवी चौधरी चयन भएको आन्दोलन नेपालका जिल्ला सचिव विजय कुमार चौधरीले बताए ।