लहान ७ असार । आज जुन २१ सातौँ अन्तर्राष्ट्रिय योग दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइएको छ। योगका साथ हार्दिकता र स्वास्थ्य भन्ने नाराका साथ यो वर्षको योग दिवस मनाइएको हो।
राजधानी काठमाडौँ देखि लिएर देशका विभिन्न सहरहरूमा ( लहान,जनकपुर राजविराज,विराटनगर ) बिहानै देखि योग अभ्यास, जनजागरण र योगसम्बन्धी गोष्ठीहरू आयोजना गरिएका छन्। सरकारी तथा गैरसरकारी संघसंस्थाहरू, विद्यालय, अस्पताल, सुरक्षाकर्मी र सर्वसाधारणले पनि यो दिवसमा सक्रिय सहभागिता जनाएका छन्।
पतन्जलि योग आश्रम लहान ४ मा योग शिविर शुरु भएको हो । विश्व योग दिवसको अवसरमा पतन्जलि योग पीठ सिरहा लहानद्वारा आयोजित सात दिवसीय योग शिविर संस्थाका अध्यक्ष डा वि पि चौधरीको अध्यक्षतमा शुरुवात भएको हो । शिविरका प्रमुख अतिथि मधेश प्रदेशका वन मन्त्री माननीय संजय यादवको प्रमुख आतिथ्यता रहेका हो ।
भारतबाट शुरू भएको अन्तर्राष्ट्रिय योग दिवस सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा मनाइँदै आएको हो। संयुक्त राष्ट्र संघले योगको महत्त्वलाई विश्वव्यापी रूपमा फैलाउनको लागि सन् २०१४ मा यो दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको थियो।
विशेषज्ञहरूका अनुसार नियमित योग अभ्यासले मानसिक तनाव कम गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा दीर्घकालीन रोगहरूबाट बच्न सहयोग पुर्याउँछ।
नेपालमा पनि पछिल्ला वर्षहरूमा योगप्रतिको रुचि बढ्दो छ, विशेषगरी युवापुस्तामा। सामाजिक सञ्जालहरूमा समेत आज योगको महत्व दर्शाउने तस्बिर र सन्देशहरू व्यापक रूपमा शेयर भएका छन्।