लहान, ४ जेष्ठ । सिरहामा प्रहरीले लागुऔषध कारोबार र अबैध रकमको ओसार पोसारमा संलग्न पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
शुक्रबार साँझ लहान नगरपालिका १२ स्थित भोटिया चौकमा गोप्य सूचनाको आधारमा प्रहरीको संयुक्त टोलीले को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा सवार दिनेश कुमार यादव (३२ वर्ष) र उनकी बहिनी किरण कुमारी यादव (२६ वर्ष) लाई पक्राउ गरेको हो। यादवको साथबाट २२.९० ग्राम खैरो हिरोइनसहित नगद ५१ हजार ४५० रुपैयाँ र मोबाइल बरामद गरिएको छ। अनुसन्धानका क्रममा यादवको लहान–२२ स्थित घरबाट थप १८६ ग्राम हिरोइन, ५४ लाख १४ हजार २८५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारतीय रुपैयाँसहित मोबाइल चार थान र डिजिटल तराजु बरामद गरिएको छ।
यसअघि पनि दिनेश यादव २०८० सालमा लागुऔषध मुद्दामा पक्राउ परेका थिए।
त्यसैगरी, शनिबार बरियारपट्टि गाउँपालिका–३ चमार टोलबाट भारतको लदनिया हुँदै आएका कृष्ण कुमार यादव (२० वर्ष) र निरज राय ९१९ वर्ष० लाई मोटरसाइकलसहित पक्राउ गरिएको छ। उनीहरूको साथबाट ७१० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ।
त्यसैदिन दिउँसो १५स्०० बजे सिरहा नगरपालिका–२ महावीर चौक नजिकै भारतको जयनगरबाट बसबिट्टा जाँदै गरेका संजय कारक ९४५ वर्ष० लाई चेकजाँच गर्दा शरीरमा बाँधिएको हरियो कपडा र ‘क्नी ब्यान्डेज’ भित्र लुकाइ राखिएको १६ लाख ३८ हजार ३७० रुपैयाँसहित एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको हो।
पक्राउ परेका सबैलाई कानून बमोजिम आवश्यक म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको सिरहा प्रहरीले जनाएको छ।