शम्भु चौधरी लहान २९ बैशाख । लहान नगरपालिका–२० मा ऐतिहासिक र धार्मिक महत्व बोकेको ब्रम्हान मन्दिरसम्मको पहुँच सडकलाई कालोपत्र गर्ने कार्यको आईतबार एक कार्यक्रम बिच लहान नगरपालिका नगरप्रमुख महेश प्रसाद चौधरीले शिलान्यास गरिएको छ।
झन्डै १२ विघा जंगल क्षेत्रभित्र रहेको सो मन्दिरमा श्रद्धालु तथा पर्यटकहरूलाई आवतजावत गर्न कठिनाइ हुँदै आएको थियो। विशेषतः वर्षा याममा हिलो र धुलोले गर्दा यात्रा कष्टकर बन्दै आएको हुँदा स्थानीयको दीर्घ मागलाई सम्बोधन गर्दै सडक कालोपत्र गर्न लागिएको हो।
कार्यक्रममा बोल्दै मेयर चौधरीले लहान नगरभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण र विकास गर्न नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए। “ब्रम्हान डिहवार मन्दिरको धार्मिक महत्त्व मात्र नभई पर्यटकीय सम्भावना समेत रहेको हुँदा सडक स्तरोन्नति पहिलो चरण हो,” उनले भने मेथर चौधरीले बताए ।
स्थानीय वासिन्दाहरूले सडक निर्माणप्रति खुशी व्यक्त गर्दै मन्दिर परिसरको थप विकास र पूर्वाधार विस्तारतर्फ पनि नगरपालिकाको ध्यानाकर्षण गराएका थिए। यस परियोजनाबाट नजिकैका गाउँहरूका बासिन्दाहरू लाभान्वित हुने विश्वास गरिएको छ। मन्दिरको सहज पहुँचसहित लहानमा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत यो कार्यले टेवा पुर्याउने जनाइएको छ।