शम्भु चौधरी लहान १५ चैत्र । एञ्जल फाउन्डेसन शाखा कार्यालय लहान द्वारा १ दिने स्वास्थ्य सचेतना तथा अन्तरक्रिया कार्यक्रम विहीवार सम्पन्न भएको छ ।
कार्यक्रम बिच सिरहा सप्तरी र उदयपुरका विभिन्न वितिय कारोवार गर्ने संघ संस्थाहरुको सहभागी रहेको थियो । सहभागीहरु मध्ये जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. सप्तरीका अध्यक्ष वलराम यादवका अनुसार यो संस्थाले स्वास्थ्य सम्वन्धि सराहनिय काम गरेको छ । मानिसको सवभन्दा पहिले सोच नै स्वस्थ्य रहने हो । यस संस्था द्वारा सञ्चालित हरेक कार्यक्रम गाउँको वस्ती वस्तीमा पुग्नु आवाश्यक देखिन्छ ।
यस फाउन्डेसनको मुख्य उदेश्य स्वास्थ्य सचेतना र वितिय साक्षरता प्रदान गर्ने रहेको छ । कार्यक्रममा पायल्स, फिसर र फिस्टुलाको विषयमा जानकारी गराएको थियो । फाउन्डेसनका महाप्रवन्धक सन्तोष कार्कीका अनुसार हामी खास गरी वितिय संघ संस्थाहरुसँग आवद्ध भई स्वास्थ्य सचेतना र वितिय साक्षरता जस्ता ४० वटा कार्यक्रम हामीसँग रहेको बताए ।