शम्भु चौधरी लहान २५ फाल्गुन । लहानमा पनि शहिद गंगालाल राष्ट्रिय हृदयरोग जस्तै अस्पताल बन्ने डा. बालकृष्ण ओरज्ञान चौधरीले बताएका छन् । हाल लहान नगरपालिका ४ मा नेपाल हृदय रोग निवारण संघले कार्डियो, डाईवेटिक सेन्टर स्थापना गरि ओपिडि सेवा सुरु गरिएको छ ।
शनिबार लहानमा पत्रकार सम्मेलन मार्फत फागुन २६ गते सोमबार उक्त सेन्टरको उदघाटन गर्ने कार्यक्रम रहेको छ । उदघाटनको उपलक्ष्यमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा जर्मनीबाट विशेषज्ञ टोलीद्वारा मुटु रोग तथा चिनि (मधुमेह) सम्बन्धि बिरामीहरुका लागि निःशुल्क २ दिने स्वास्थ्य शिविर हुन गईरहेको डा चौधरीले बताए ।
शिविरमा सम्पूर्ण नगरवासीलाई सेवाको फाईदा उठाउन आग्रह गरेका छन् । शिविरमा निःशुल्क विरामी जाँच, निःशुल्क ईसिजी, ईको, ल्याब सेवा र निःशुल्क औषधी वितरण गरिनेछ ।
अहिले मुटुको स्क्रिनिङ भईरहेको छ । शिविर फाल्गुन २६ र २७ गते २ दिन चल्ने बताईएका छ ।