शम्भु चौधरी लहान १४ फाल्गुन । सिरहाको नवराजपुर गाउँपालिका ४, नवराजपुर स्थित प्राथमिक उपचार केन्द्रमा सर्पदंश उपचार केन्द्रको बुधबार एक कार्यक्रम बिच समउदघाटन भएको छ । गाउँपालिका अध्यक्ष शिव उदगार यादव, जग्गादाता राम औतार यादव र वहाँकी श्रीमति गंगिया देवि यादवले संयुक्त रूपमा उक्त केन्द्रको उद्घाटन गरीएको हो ।
सर्पदंशको उपचार समयमा नपाउँदा प्रत्येक वर्ष यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको थियो। अब, यस केन्द्र सञ्चालनमा भएसँगै सर्पले टोकेका बिरामीलाई लहान वा चोहर्वा लैजानु पर्ने बाध्यता हट्नेछ, जसले अकाल मृत्युको जोखिमलाई कम हुने गाउँपालिका अध्यक्ष यादवले बताए । स्थानीयले यो केन्द्र स्थापनाले ठूलो राहत मिल्ने बताउँदै यसको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जग्गादाता राम अवतार यादवका अनुसार १० करोडको जग्गा १० कठठ दिएको छौ आवश्यक परेमा अझ करौडोको जग्गा दिने प्रतिबद्धता जनाए । समयमै उपचार, अकाल मृत्युको अन्त्य हुने आशा यस क्षेत्रका स्थानीयवासी वर्षेनी सर्पको डसाइका कारण अकालमै ज्यान गुमाउँदै आएका थिए।
गाउँपालिका अध्यक्ष यादवका अनुसार गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन हुने यो केन्द्रले स्थानीयवासीलाई सहज, छिटो र भरपर्दो उपचार सेवा प्रदान गर्नेछ। सर्पदंश उपचार केन्द्र स्थापनाका लागि जग्गा दान गरेका राम औतार यादव ले सरकारले बजेट विनियोजन गरी उक्त केन्द्रलाई आफ्नो नाममा नामकरण गरेमा थप जग्गा दान गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे। ूसरकारले मेरो नाममा नामकरण गरेपछि जति जग्गा दिनुपर्यो, पछि हट्ने छैन जग्गा दाता यादवले बताए ।