शम्भु चौधरी लहान ५ फाल्गुन । राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।
मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई मत छैन यसको एक मात्र कारण हो देशको शासन व्यवस्था ।
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी विशिष्ट अतिथिको आसनबाटै बोल्दै भने पत्रकार कहिले पनि निष्पक्ष हुदैन किनकि सबै पत्रकारहरुको आ आफनै दृष्टिकोण हुन्छ । तर कुनै पनि समाचार सम्प्रेसन गर्दा शब्दहरुमा ध्यान दिन पनि जरुरी देखिन्छ साथै एक पक्षिय समाचर सम्प्रेसन नगर्दा नै वेश हुने बताए । साथै पालिकाबाट पत्रकारहरुलाई तालिम गोष्ठि गर्नको लागी रु ५ लाख रकम नियोजन गरिएको र रासस भवनलाई अस्तर उन्नतीको लागी पनि रु ५ लाख रकम विनियोजन गरिएको कार्यक्रम बिच बताएका छन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता बिरेन्द्र पासमान, उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडा, संचार क्षेत्रका विभिन्न भातृ संगठनहरुका संयोजक तथा जिल्लाका वरिष्ठ पत्रकारहरुको समेत उपस्तिथ रहेको थियो ।
राससका सिरहा संयोजक सुदिप राउतको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।