• Home
  • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
  • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
आज:  | Sun, 19, Apr, 2026
  • समाचार
  • बिजनेस
  • स्वास्थ्य-जीवनशैली
  • सूचना-प्रविधि
  • मनोरञ्जन
  • प्रवास
  • खेलकुद
  • अन्तर्वार्ता
  • पर्यटन
  • देश बाहिर

क्यान्सर केयर सेन्टरको व्यवस्थापनमा सुधारको माग, स्थानीय सरकारको भूमिकामा प्रश्न

नेपाल पोस्ट दैनिक
    January 23, 2025  मा प्रकाशित

Spread the love
      

महेश सिंह लहान-लहान क्यान्सर केयर सेन्टरको स्तरोन्नति र व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न राजनीतिक दलका नगर अध्यक्ष, नागरिक समाजका अगुवा र सरोकारवालाबीच विशेष छलफल गरिएको छ।
बिहीबार सम्पन्न कार्यक्रममा लहान जेसिजका अध्यक्ष देबन लाल ठाकुर, लायन्स क्लब इन्टरनेशनलका प्रतिनिधिहरू, पत्रकार, एभरेष्ट कलेजका प्रिन्सिपल धरनीधर अधिकारी, प्राध्यापक चक्रपाणी दहाल, कांग्रेस नेता शैलेन्द्र यादव, नेकपा समाजवादी पार्टीका लहान नगर अध्यक्ष विनोद साह लगायतको उपस्थिति थियो।


कार्यक्रममा सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम शंकर यादव प्रमुख अतिथि रहेका थिए। मधेस प्रदेश सभा सदस्य ललिता दास विद्रोहीको विशेष उपस्थिति रहेको कार्यक्रममा अस्पतालको आर्थिक अवस्था कमजोर हुँदा सेवा प्रवाहमा समस्या भइरहेको विषय उठाइएको थियो।
लहान क्यान्सर केयर सेन्टरका अध्यक्ष अशोक लाल अमात्यले अस्पताल सञ्चालनमा आर्थिक अभावका कारण चुनौती थपिएको बताए। “सिरहा, सप्तरी, धनुषा, महोत्तरी र उदयपुरका बिरामीहरूका लागि सहज सेवा उपलब्ध गराउन आर्थिक स्रोतको अभाव महसुस भएको छ,”अमात्यले भने,“स्थानीय सरकार, संघीय सरकार र समुदायको सहयोग विना अस्पतालको दीर्घकालीन सञ्चालन चुनौतीपूर्ण छ।”
उनले अस्पताललाई आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापनमा स्थानीय सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रमका वक्ताहरूले स्थानीय सरकारले अस्पताललाई आवश्यक स्रोतसाधन जुटाउन चासो नदेखाएको गुनासो गरे।प्रमुख अतिथि सांसद यादवले अस्पताललाई थप सुविधा सम्पन्न बनाउन संघीय र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको बताए।
प्रदेश सभा सदस्य ललिता दास विद्रोहीले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्।“जनस्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन हामीले ठोस योजना बनाउन आवश्यक छ,” उनले भनिन्।
अस्पतालले हाल सञ्चालन खर्च जुटाउन विभिन्न स्रोतहरूमा निर्भर रहनुपरेको छ। कार्यक्रमका सहभागीहरूले अस्पतालको सेवा निरन्तरता तथा स्तरोन्नतिका लागि आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको बताए।
स्थानीय समुदाय र सरकारी निकायबीचको समन्वयले अस्पताललाई थप प्रभावकारी बनाउन सकिने सहभागीहरूको धारणा थियो।
लहान क्यान्सर केयर सेन्टरले मधेस प्रदेशका विभिन्न जिल्लाका बिरामीहरूलाई उपचार सेवा दिँदै आएको छ। तर आर्थिक अभावले गर्दा सेवा प्रवाहमा चुनौती थपिएको छ।अस्पतालले आगामी दिनमा सेवा विस्तार र स्तरोन्नतिका लागि सबै पक्षको सहयोग आवश्यक रहेको कलेजका प्रीन्सिपल धरनी  धर अधिकारीले बताए।

 
    

फेसबुकबाट कमेन्ट गर्नुहोस


सम्बन्धित समाचार

  • हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
  • यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
  • आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
  • सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    • पछिल्ला
    • लोकप्रिय
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?
    आज देशभरका अदालत बन्द
    रामेछाप केन्द्रविन्दु बनाई भूकम्पको धक्का
    चीनले दश महिनामै बनाइदियो १६६ वर्ष पुरानो दरबार हाईस्कुलको भवन
    सामान्य चोरलाई डाँका बनाउने गरी अनुसन्धान नगरौं:आईजीपी सर्वेन्द्र खनाल

    समाचार
    हावाहुरीका कारण सिरहामा पर्खाल भत्किँदा एक महिलाको मृत्यु
    यी संसदीय समिति, महिला सांसदले हाँक्ने छन्
    आज मातातिर्थ औसी आमा मुख हेर्ने दिन
    सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै बालेन
    मधेशमा मनाइने जुडशीतल पर्वको चहलपहल
    छुटाउनु भयो की?
    एमाले संसदीय दलको नेतामा बादल चयन,सुहाङले गरे स्वागत
    कांग्रेस सभापति थापाको राजीनामा
    फागुन १८ देखि २४ गते सात दिन सम्म सार्वजनिक बिदा
    आज समाजिक न्याय दिवस
    निर्वाचन आयोगद्वारा नयाँ कार्यविधि जारी, प्रचार–प्रसार खर्च अनिवार्य रूपमा बैङ्क खाता मार्फत
    सलहेश फुलवारी मेडिया प्रा लि द्वारा संचालित
    प्रबन्ध निर्देशक : शम्भु चौधरी
    सूचना विभाग दर्ता नं:
    काठमाडौँ, नेपाल
    +९७७-९८४२८२७३९७
    ९८०७०९२१११

    [email protected]
    www.nepalpostdainik.com

    हाम्रो टीम

    प्रधान सम्पादक : महेश सिंह महतो  ९८०८९१४१३२ ९८६५७२५७४३
    संयोजक : सचिता सिंह थारु

    सह-संयोजक : प्रदिप सिंह महतो

    संवाददाता : हेर्नुहोस

    • Home
    • आज नेपालमा थप ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि
    • लगातारको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबान
    © २०७६: Nepal Post Dainik मा सार्वधिकार सुरक्षित छ | Designed by: Prabhu Host
    ↑