शम्भु चौधरी लहान, २ माघ । छोरीको जन्मदिनको अवसरमा जनता आधारभुत विधालय धनगढीमाई नगरपालिका १ बाखरका सम्पुर्ण विधार्थी भाईबहिनीहरुलाई आज एका कार्यक्रम बिच झोला वितरण गरिएकोछ ।
साहि गाउँका रवि पासमानले आफना तेस्रो छोरीको जन्मदिनको अवसरमा कक्षा बाल विकास देखि कक्षा ८ सम्मका विधार्थी भाईबहिनीहरुलाई झोला वितरण गरिएको हो । रवि पासमान आफु विदेशमा भए पनि वहाँका दाजु अशोक पासमान र निजको आमा बुवाको रोहबरमा झोला वितरण हो । झोला बितरण गर्दै पासमानले भने छोरीको जन्मदिनमा पार्टी वा भोज भतेर गरी लाखौँ खर्च गर्नुभन्दा विद्यार्थीहरुलाई पढाइप्रति रुची बढाउनु राम्रो कार्य भनेर मैले झोला वितरण गरेको छु । यति मात्र हैन यस समुदायमा पढाइ, लेखाइको मात्रा कम र बिदेशिने युवाको संख्या दिनानुदिन बढिएको छ । विदेशमा कस्तो दु्ःख र कष्ट झेलेर पैसा कमाइ हुन्छ त्यो मैले भोगिसकेको छु । त्यसैले पढाइ प्रति विद्यार्थीहरुको रुची जागोस भनी मैले थोरै प्रयास गरेको छु ।
रवि पासमान र अनिता कुमारी पासमानको कोखबाट तेश्रो छोरीको रुपमा निरुता कुमारी पासमानको पहिलो जन्मदिनको अवसरमा १ सय पचास जना विद्यार्थी भाइ बहिनीहरुलाई झोला वितरण गरिएका छ ।
कार्यक्रममा धनगढीमाई नगरपालिका वाड नं. १ का वडा अध्यक्ष सुर्य नारायण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । प्रमुख अतिथि यादवका अनुसार यो एक किसिमको नयाँ अभ्यास हो । यसै किसिमको सोच सबैमा भैदिएको भए शिक्षामा प्रगति हुने देखिन्छ । यस विद्यालयमा विशेष गरि दलित बालबालिकाहरु अध्यन गर्दै आइरहेका छन् । यसबाट विद्यार्थी र अभिभावक दुवैमा पढ्नु र पढाउनु पर्ने सोचमा वृद्धि हुने बताए ।
कार्यक्रममा वडा जनप्रतिनिधीहरु, विद्यालय व्यवस्थापन समिति, शिक्षक प्रतिनिधीहरु लगायत स्थानिय वुद्धिजिवीहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम असोक पासमानको अध्यक्षतामा सम्पन्न भयो ।