शम्भु चौधरी सिरहा १ फाल्गुन । लहान मेरी चिल्ड्रेन सेकेन्ड्री स्कुल लहानमा दोस्रो एलएमसी एक्सपो हुने भएको छ ।
यहि फाल्गुन ४ र ५ गते विधालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी सो एक्सपो गर्न लागेको लहान मेरी चिल्ड्रेन सेकेन्ड्री स्कुल लहानका संस्थापक अध्यक्ष पाण्डव हमालले मंगलबार एक पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
कार्यक्रममा विभिन्न कला संस्कृति र पहिचान झल्काउने र विधार्थीहरुद्धरा बैज्ञानिक अविष्कार गरी निर्माण गरिएका विभिन्न विषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिने विधालयका प्रमुख कार्यकारी अधिकृत आयुष हमालले बताए ।
यस शैक्षिक एक्सपोमा विभिन्न विषयगत रुपमा अलग अलग स्टल रहने अधिकृत हमालले बताए ।