शम्भु चौधरी लहान ४ साउन । नेपाल कम्युनिष्ट पार्टी एमाले लक्ष्मीपुर पतारी गाउँ कमिटिले खर्चको विवरण माग गरेको छ ।
लक्ष्मीपुर पतारी गाउँ पालिकाको आ व २०७९।८० को गाउँ सभाबाट विनियोजित भएको रकम के कति खर्च भएको छ त्यसको विवरण पार्टीका गाउँ कमिटि ईन्चार्ज देवनारायाण् साहले पालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिहंसंग पत्र बुझाई माग गरिएको हो ।
नेपालको संविधान २०७२ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ७ को उपदफा २ मा उल्लेख भए अनुसार विनियोजित रकम मध्येबाट कुन कुन योजना तथा कुन शिर्षकमा के कति रकम खर्च भए नभएको प्रमाणित विवरण माग गरिएको हो ।
मिति २०८०।०४।०३ गतेको पत्र संख्या १ ।२०८०।८१ को पत्रानुसार बुझाईएको पत्रमा नेपाल कम्युनिष्ट पार्टी एमाले लक्ष्मीपुर पतारी गाउँ पालिका अध्यक्ष ब्रह्मदेव यादवको हस्ताक्षर समेत रहेको छ ।